६७ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा

जेठ २ , पोखरा । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । । अहिले सम्म सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।
नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म ६७ पालिकाको नेतृत्व आफ्नो हातमा पारेको छ । कांग्रेस ६९ पालिकामा उपप्रमुख र उपाध्यक्षमा विजयी भएको छ ।
यस्तै ५२ पालिकामा प्रमुख र अध्यक्ष एमालेको पोल्टामा आउको छ । ३४ पालिकामा प्रमुख र अध्यक्षसहित माओवादी केन्द्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ । एमाले ५० पालिकामा उपप्रमुख र उपाध्यक्ष तथा माओवादी २५ पालिकामा उपप्रमुख र उपाध्यक्षमा विजयी भएको छ ।