पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

पोखरा, जेठ २ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १२०९७ मतगणना गर्दा मेयरमा गठबन्धनका धनराज आचार्यले ४८४८ मत पाएका छन् । नेकपा एमालेका कृष्ण थापाले ४३५२ मत पाएका छन् । यस्तै उपमेयर मा नेकपा एमालेका मञ्जुदेवी गुरुङले ४९८० तथा नेपाली कांग्रेसका कोपिला रानाभाटले ४९९३ मत प्राप्त गरेका छन् ।

महानगरको वडा नं १ मा एमालेले विजय भएको छ । वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय हुनुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्षका उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याउनुभयो ।

वडा नं २ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...