कास्कीको रुपा गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङ विजयी

जेठ २, पोखरा । कास्कीको रुपा गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङ विजयी हुनुभएको छ । आज भएको अन्तिम मतगणना अनुसार ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका निकट्म प्रतिस्पर्धी नेपाली कांग्रेसकी गिमाया गुरुङले ४ हजार १ सय ३७ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी गुरुङले ५ हजार ३ सय ३२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण श्रेष्ठले ४ हजार १ सय ५३ मत प्राप्त गर्नुभयो । रुपा गाउँपालिकाका ७ वडामध्ये ६ वटामा एमालेले प्यानलसहित जितेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...