म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

जेठ २, पोखरा । म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी बन्नुभएको छ । उहाँले ४९५० मत प्राप्त गर्नुभयो । उहाँका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका मायादेवी राना आलेले ४२३२ मत प्राप्त गर्नुभयो । गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरे विजयी बन्नुभएको छ । उहाँले ५०३९ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उपाध्यक्ष उम्मेदवार रत्ना घिमिरले ४२०० मत प्राप्त गर्नुभयो ।

गाउँ पालिकाका ७ वटा वडा मध्य ४ वटा वडामा काँग्रेसका उम्मेदवार तथा ३ वटामा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर १ मा एमालेका मणिभद्र वाग्लेले ६९९ मतका साथ विजयी बनेका छन् । उहाँका निकट्तम प्रतिस्पर्धी नेपाली काँग्रेसका विनोद खनालले ५३६ मत प्राप्त गर्नुभएको छ ।

वडा नम्बर २ मा कांग्रेसका शिबबहादुर क्षेत्रीले ८८९ मत ल्याएर विजयी भएका छन् । उहाँका निकट्म प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर ३ मा एमालेका टुकराज अधिकारी ६६१ मतका साथ विजयी हुनुभयो । उहाँका निकट्म प्रतिस्पर्धी नेपाली काँग्रेसका बलराम भट्टराइले ५८७ मत प्राप्त गर्नुभयो ।

वडा नम्बर ४ मा नेपाली कांग्रेसका दीपक श्रेष्ठले १०३८ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका ज्योतीकुमार श्रेष्ठले ३३२ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर५ मा नेपाली कांग्रेसका शिबबहादुर आलेले ५७८ मत प्राप्त गर्नुभई विजयी बन्नुभएको छ । उहाँका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका कुमार थापाले ३०६ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर ६ मा नेपाली कांग्रेसका हिरालाल गुरुङ्ग ७४२ मतका साथ विजयी बनेका छन् । उहाँका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका निर्मला वाग्लेले ५७५ मत प्राप्त गर्नुभएको छ ।

वडा नम्बर ७ मा नेकपा एमालेका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ७२२ मत प्राप्त गरेका छन् भने उनका निकट्म प्रतिस्पर्धी नेपाली कांग्रेसका ५८३ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...