तनहुँको म्याग्दे गाउँपालिका मतगणना अपडेट, अध्यक्षमा नेकपा एमालेको अग्रता

जेठ १, पोखरा ।  तनहुँको म्याग्दे गाउँपालिका अध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ । जारी मतगणनामा अहिले सम्म ६ हजार ९ सय ८५ मत गनेर सकिएको छ । अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठले ३ हजार १ सय ११ तथा नेपाली कांग्रेसका माया आले रानाले २ हजार ५ सय ७, नेकपा माओबादी केन्द्रका दिलिप कुमार श्रेष्ठले ५ सय ४२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले ३ हजार ९१ तथा नेकपा एमालेका रत्ना घिमिरे ले २ हजार ५ सय ४० मत पाएका छन् ।

अहिले वडा नम्बर ४ को मतगणना भइरहेको छ । १३ सय १ मत गन्दा नेपाली कांग्रेसका दीपक श्रेष्ठले ७ सय ६५ मत प्राप्त गरि अग्रता कायम गरेका छन् । यस्तै नेकपा एमालेका ज्योतीकुमार श्रेष्ठले २५३ तथा माओबादी केन्द्रका राजु रानाले १३३ मत पाएका छन् । म्याग्दे गाउँपालिकाको ३ वडाको नतिजा आइसकेको छ । जसमा वडा नम्बर १ बाट एमालेका मणिभद्र वाग्ले, २ बाट कांग्रेसका शिबबहादुर रानाभाट, ३ बाट एमालेका टुकराज अधिकारी विजयी भएका छन् । म्याग्दे गाउँपालिकामा कुल ११ हजार ९ सय ५३ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...