पोखरा अपडेट ः २ सय मत गन्दा गठबन्धनका तर्फबाट नेकपा एसका धनराज ३ मतले अगाडी

पोखरा, बैशाख ३१ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा आज दिउँसो ४ः१५ बजेदेखी मतगणना सुरु भएको छ । यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको । अहिले सम्म २ सय मत गनिएको छ । मेयरमा नेकपा एमालेका कृष्ण थापाले ७४, गठबन्धनबाट एकिकृत समाजबादीका धनराज आचार्यले ७७ मत पाएका छन् । उप मेयरमा एमालेका मन्जुदेवी गुरुङले ८५ तथा गठबन्धनबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ८३ मत प्राप्त गर्नुभएको छ ।
पोखरा–१२ बाट अहिले गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिनुभयो । अहिले नगर विकास समितिको हलमा गणना भइरहेको छ ।
पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ मतदाता रहेकामा एक लाख ४३ हजार २२८ मत खसेको थियो । पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमाले बाट कृष्ण थापाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ ।