चिसापानी देखि सडक स्तरोन्ती गर्न स्थानियको माग, पोखरा २२ मा अध्यक्षका साझा उमेदवार बराल नेतृत्वको टोली घरदैलो कार्यक्रममा

पोखरा १९, वैशााख । पोखरा २२ का साझा उमेदवार अध्यक्षका प्रत्यासी हिमलाल बरालको नेतृत्वको टोलीले आज (सोमबार) देखि चुनाव प्रचार प्रसार अभियान अन्र्तगत घरदैलो कार्यक्रम शुभारम्भ गरेको छ । साविक पुम्दी भुम्दी ७ र ८ क्षेत्र चिसापानी, तारेभिर, पलैचे, चुत्राल, पुम्दी, काभ्रे, देउराली श्वाँरा लगायतको क्षेत्रमा सोमबार घर दैलो कार्यक्रम गरिएको टोलीमा सहभागि कागेंस नेता प्रकाश बरालले बताए ।

उक्त टोली समक्ष स्थानियले चिसापानी देखि सडक स्तरोन्नती गर्न माग गरेका छन् । खानेपानी थप व्यबस्थापन गर्दै सडक स्तरोन्नती गर्न स्थानियले गठबन्धन सहितको अध्यक्षका प्रत्यासी साझा उमेदवार बराल सहितको टोली समक्ष उक्त माग राखेको टोलीमा सहभागी माओबादी केन्द्रका नेता नवराज बरालले बताए । अध्यक्षका प्रत्यासी बरालले आफ्नो नेतृत्वको टोलीलाई अमुल्य मतबाट विजयी गराएको खण्डमा स्थानियको आवश्यकताको आधारमा पूर्वाधार विकासमा बिषेश जोड दिने वचन दिए । पुम्दी भुम्दीका सडकहरु स्तरोन्ती गर्न पनि उत्तिकै आवश्यक भएको उनको भनाई थियो । स्वतन्त्र उमेदवारको रुपमा हाल गठबन्धनको साझा उमेदवार भएका हिमलाल बरालले आफुलाई भूई कटर चिन्हःमा मतदान गर्न जनता समक्ष आव्हान समेत गरे ।

समुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकिकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, काग्रेँकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको हो । पोखरा २२ को अन्य सदस्यहरुमा कागं्रेसकी लक्ष्मी बराल महिला सदस्य, माओबादी केन्द्रकी कल्पना रसाइली दलित महिला सदस्यमा, खुल्ला सदस्यमा चेतभत्त बराल र हुम बहादुर गुरुङ रहेका छन्। समाजवादीको चुनाव चिन्हः कलम, काग्रेंसको रुख, माओबादीको हसिया हतौडा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...