पोखरा ३१ मा गठबन्धनको घरदैलो तीब्र ऐतिहासीक जितको अपेक्षा

पोखरा १९, बैशाख । स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा पोखरा महानगरपालिका ३१ नम्बर वडामा सत्तारुढ गठबन्धनले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ ।

पहिलोपल्ट वडाको नेतृत्व हात पार्न तम्तयार नेपाली कांग्रेसका उम्मेदवार ढकनाथ कँडेलको नेतृत्वमा गठबन्धनका उम्मेदवारहरु मतदातासमक्ष पुगेका हुन् । सोमवार वडाको सुन्दरीडाडाँ, चउर, तालवेसी , पौरखे, सिमलडाडाँ , पचभैयामा उनीहरुको घरदैलो कार्यक्रम सम्पन्न भयो । घरदैलोका क्रममा वडा अध्यक्ष उम्मेदवार कँडेलले ३१ नम्बर वडाको समुन्नत बिकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । विगतमा विजयी बनेका दल र उम्मेदवारबाट ३१ नम्बर वडाका नागरीकको अपेक्षा पुरा हुन नसकेको उल्लेख गर्दै उनले यसपटकको निर्वाचनबाट ऐतिहासीक नतिजा निकाल्न मतदाताहरुसँग अपिल गरे ।

उनले पर्यटकिय शहर पोखराको आकर्षक गन्तब्य भएर पनि यसअघिका नेतृत्वको अदुरदर्शिताका कारण ३१ नंम्बर वडा पछाडी परेको जनतालाई स्पष्ट पारे । प्रसिद्ध बेगनास र रुपातालको मध्यभागमा पर्ने पचभैयाका मतदाताहरुसँग भेटघाटका क्रममा उनले भने —“अनेकन सम्भावना भएर पनि वडा नं ३१ पर्यटनको क्षेत्रमा अपेक्षाकृत सफलता हासील गर्न पाएको छैन । यसको मूल कारण नै स्थानीय सरकारको प्रतिनिधीका रुपमा यसअघि गलत नेतृत्व पुग्नु । त्यसैले यसपटक गठबन्धनका उम्मेदवारलाई मत र मन दिनुस । ”
मतदातासँगको घरदैलो कार्यक्रममा आफुहरु उत्साहित भएको र वडा नम्बर ३१ वासीले यसपटकको निर्वाचनमा ऐतिहासीक परीवर्तन चाहेको उल्लेख गरे ।

आगामी ३० गते हुने निर्वाचनमा वडा नम्बर ३१मा गठबन्धनका तर्फबाट अध्यक्षमा कँडेल सहित सदस्यमा नेकपा मोवादी केन्द्र र समाजवादीबिच तालमेल भएको छ ।

घरदैलो कार्यक्रममा कांग्रेसका वडा ईकाई समिति सभापति महेश पौडेलले नेकपा एमालेको अलोकतान्त्रीक गतिविधीलाई वडास्तरबाटै परास्त गर्न गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुको विकल्प नखोज्न मतदातालाई आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
WP Radio
WP Radio
OFFLINE LIVE