आज विश्व क्षयरोग दिवस

चेत्र १० ।  आज विश्व क्षयरोग दिवस । हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ ।

सन् २०२२ को क्षयरोग दिवसको नाराले क्षयरोग अन्त्यका लागि र जीवन रक्षार्थ लगानी गरौँ भन्ने अर्थ लाग्दछ । सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाहिँ ट्यूब्रक्लोसीस हो । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र सङ्क्रमणका रूपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिति प्राचीन समय बाटै आजसम्म भएको पाइन्छ ।

आज मेडिकल विज्ञान लगायत उपचार पद्धतिको यो उँचाइसम्म पुग्दा पनि विश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको कीटाणुको सङ्क्रमण जोखिममा रहेको देखिन्छ । विकासोन्मुख देशहरूमा यो जोखिम दर त झन् बढेर ९० प्रतिशत सम्म रहेको पनि देखिन्छ ।
प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गर्दछ ।

नेपालको क्षयरोगको तथ्याकं झन् भयावह छ, राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोग ले ग्रसित पाइएको छ । हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्सेनि मर्ने तथ्याकं पनि देखिन्छ । क्षयरोगीहरू को उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरू रहेका छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको थियो तर कोभिडको महामारी र विषम परिस्थितिका कारणले अपेक्षाअनुरूप यो लक्ष्य पुरा भइसकेको छैन । यस प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ ।

स्मरण रहोस् नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत बढी त फोक्सो कै क्षयरोग हुने र अन्य ग्रन्थि, पाठेघर, पेट, कलेजो, मिर्गौला, मस्तिष्क र हड्डी आदिका हुने गर्दछन् । नेपाल सरकारले क्षयरोग को उपचार निःशुल्क गर्दछ भनेँ सन् २०५० सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । गाउँघरमा क्षयरोग विरुद्ध जनचेतनाको अभाव अनि उपचार गर्न नआउने समस्या रहेको छ । आजको दिनले क्षयरोग विरुद्ध देशव्यापी जागरण ल्याउने र चेतना फैलाउने उद्देश्य पनि राख्दछ ।

क्षयरोग सँग अब डराउनु पर्ने चाहिँ छैन किनभने यसको औषधी निःशुल्क पाइन्छ । तर क्षयरोगको औषधीको डोज पूर्ण सेवन नगरेका हरूमा यस सङ्क्रमण फेरि देखिन सक्छ ।औषधीको नियमित सेवन ले क्षयरोग निको हुन्छ तथापि क्षयरोग बाट जोगिनु जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...