स्थानीय निर्वाचनका लागि ५१ दलले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौँ फागुन १४
वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि ५१ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।आयोगमा हालसम्म दर्ता भएका १०९ दल मध्य शुक्रबारसम्म ५१ दलले निवेदन दिएका आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिएका छन्।
नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० लगायत राष्ट्रिय मान्यता प्राप्त पाँच दलले निवेदन दिइसकेका छन् । जनता समाजवादी पार्टीले भने हालसम्म निवेदन दिइसकेको छैन।निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दिएका दल दर्ता गर्न हुनुपर्ने व्यवस्था छ।