पोखरा निर्माण व्यवसायी धनपति १० दिनदेखि सम्पर्कविहीन


पोखरा माघ ९
पोखरामा लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रोल्पाका धनपति बुढामगर १० दिनदेखि सम्पर्कविहीन बनेका छन् । पोखरा लामाचौर बस्दै आएका मगर कास्कीकै धम्पुसबाट पोखरा आएपछि पुस ३० बाछ सम्पर्कविहीन बनेको उनकी श्रीमति टेकमा बुढामगरले जानकारी दिएकी छन् ।
३७ वर्षीय धनपतिको परिवार निर्माण कामकै शिलशिलामा धम्पुस पुगेको र त्यहाँबाट मोटरसाइकल लिन पुस २७ गते मगर पोखरा झरेको टेकमाले जानकारी दिइन् । ‘उहाँको बाइक बिग्रेको थियो । बाइकवालाले बोलाएपछि लिन आउनु भएको हो,’ उनले भनिन्, ‘३० गते फोनमा पनि कुरा भएको छैन । कहाँ हुनुहुन्छ थाहै छैन ।’
पुस २७ गते पनि आफू बाइक लिएरै फर्किहाल्ने भन्दै पोखरा झरेको श्रीमति टेकमाले जानकारी दिइन् । ‘लुगा धुनुपर्ने छ । म आइहाल्छु भन्नुभाथ्ग्यो,’ उनले भनिन् । श्रीमान हराएपछि सबैलाई खोजिदिन उनले आग्रह गरेकी छन् ।
रोल्पा सुनछहरी गाउँपालिकाबाट २०६९ सालमा ज्यालामजदुरी गर्न मगरको परिवार पोखरा आएको थियो । सम्पर्कविहीन बनेका धनपतिलाई कसैले भेटेमा ९८४८६७५७१२ मा जानकारी दिन पनि परिवारले आग्रह गरेको छ । धनपति हराएको बारे परिवारले प्रहरीलाईसमेत जानकारी दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...