भूतपूर्व खेलाडी मञ्च र बगर भाइखलकद्वारा यूकेका पाहुनाको स्वागत

हिमालयन ब्रुअरीद्वारा बगर भाइखलकलाई २ लाख प्रदान

पोखरा माघ ९
यूकेबाट पोखरा आएका सामाजिक व्यक्तित्व तथा संघसंस्थाका पदाधिकारीहरुलाई नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइखलक पोखराले स्वागत गरेको छ । बगर भाइखलक यूके, सहारा यूके, तमु धिँ यूके र पोखरेली मञ्च यूकेका पदाधिकारीहरुलाई पोखरामा दुई संस्थाले एक कार्यक्रमको आयोजना गरी स्वागतसँगै सम्मान गरेको हो ।

उक्त अवसरमा दुई संस्थालाई यूकेबाट नगद सहयोग पनि हस्तान्तरण गरिएको छ । यस्तै, पाँचौ स्व. रञ्जित गुरूङ स्मृति तथा एघारौं बगर भाइ खलक एट ए साईड अन्तराष्ट्रिय भेट्रान (४०+) फुटबल प्रतियोगितामा सहप्रायोजन वापतको दुई लाख रुपैंया पनि हिमालयन ब्रुअरीले बगर भाइखलकलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदमा समर्पित यस्ता व्यक्तित्वहरुकै कारण नेपाली खेल क्षेत्र अघि बढेको उल्लेख गरे । ‘गण्डकी प्रदेशमा खेलकुदको बजेट ०.८ प्रतिशत मात्रै छ । खेलकुद जस्तो महत्वपूर्ण विषय यसरी पछाडि परेको छ । खेलकुदको विकासमा सबै लाग्नुपर्छ ।’ – गुरुङले भने– ‘हामी सही ठाउँमा छौँ । खेलकुदलाई स्वास्थ्यको अभिन्न अंग मान्न नसक्ने ठाउँमा हामी जिम्मेवार तहमा पुग्नु राम्रो कुरा हो । जिम्मेवारी वहन गर्दै खेलकुदलाई अघि बढाउन हामी लाग्नुपर्छ, लागिरहेका छौं ।’

दुई संस्थाको संयुक्त कार्यक्रमको अध्यक्षता नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली र बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरूङले गरेका थिए । सहभागीलाई स्वागत गर्दै मञ्चका अध्यक्ष पराजुलीले फागुन ७ मा हुने प्रतिष्ठित म्याराथुन प्रतियोगिताको तयारीमा जुटेको बताए । उनले गत वर्ष कोरोना महामारीका कारण ४ चरणमा सम्पन्न गरेको प्रतियोगिता यस पटक सहज अवस्था भए एकै पटकमा र नभए २ चरणमा गर्ने गरी तयारी गरेको पनि जानकारी गराए ।

उक्त अवसरमा सहारा यूकेका संस्थापक अध्यक्ष सामाजिक व्यक्तित्व नविन गुरुङ, बगर भाइ खलक यूकेका अध्यक्ष दिलराज गुरूङ, सहारा यूकेका अध्यक्ष कुसाङ गुरूङलगायतले ४ संस्थाबाट प्रतिनिधित्व भएपनि सबै जसो तमु धिँमा आबद्ध रहेकाले सबै मिलेर, हातेमालो गर्दै अघि बढ्ने उल्ल्ेख गरे ।

उक्त अवसरमा सहारा यूके र तमु धिँ यूकले संयुक्त रुपमा भूतपूर्व खेलाडी मञ्चलाई नगद एक लाख एक सय प्रदान गरेको छ । यस्तै, बगर भाइखलकलाई उपस्थिति पदाधिकारीहरुले संकलन गरी ६० हजार पनि हस्तान्तरण गरेको छ ।

हिमालयन ब्रुअरीका अरूण कुमार चौधरीको अनुपस्थितमा बजार व्यवस्थापक योगेन गौतमले बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरूङलाई दुई लाख बराबरको चेक हस्तान्तरण गरे । व्यवस्थापक गौतमले आगामी दिनमा सहकार्य निरन्तर रहने उल्लेख गरे । प्रायोजन गर्न समन्वयकर्ताको भूमिका खेलेका नविन गुरुङले आगामी वर्षदेखि वार्षिक ५ लाख प्रदान गर्ने गरी ५ वर्षसम्मका लागि हिमालयन ब्रुअरीले मूख्य प्रायोजन गर्नेबारे खुलासा गरेका थिए । कार्यक्रमको सञ्चालन बगर भाई खलकका महासचिव यामबहादुर गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...