आनन्दले ल्याए एउटै गीत दुई भर्सनमा, सोलो भर्सनको ‘डाँडैले छेक्ने’ सार्वजनिक

राजाराम पौडेल / पोखरा माघ ८
गायक आनन्दराज बज्राचार्यले एउटै गीत दुईवटा भर्सनमा दर्शक श्रोता माझ पस्कनुभएको छ । डोयट भर्सनको ‘पारी पाखा’ बोलको गीत सार्वजनिक गरिएको केही दिनमानै सोलो भर्सनको ‘डाँडैले छेक्ने’ सार्वजनिक भएको छ । गायक बज्राचार्यको आवाजमा रहेको यो गीतको रचना र संगीत देव गुरुङको हो ।

प्लस रेकर्डिङ स्टुडियोमा रेर्कड भएको गीतको एरेन्ज र मिक्सिङ दिपक लामाले गर्नुभएको हो । गीतको भिडियो समेत उत्कृष्ट बनेको छ ।

नेत्र इन्टरटेन्मेन्टको प्रस्तुतीमा निर्माण भएको भिडियोको निर्देशन नेत्र गुरुङले गर्नुभएको हो । निर्देशक गुरुङले गीतमा सम्पादन र छायाकंनको काम समेत पुरा गर्नु भएको छ । राजु ग्यावक र सुलोचना शाक्यको अभिनय भिडियोमा हेर्न पाइन्छ । भिडियो हाइलाइट्स नेपाल युट्ब च्यानलबाट सार्वजनिक गरिएको हो ।


गायक बज्राचार्यको सांगीतिक यात्रा बारे थप जानकारी
पोखराको मोहरीयाटोल पोखरामा बुबा प्रज्ञारत्न र मुमा चिनमाया बज्राचार्य को कान्छो सन्तानको रुपमा जन्मिएका बज्राचार्य बाल्यकालमा चञ्चले स्वभावका हुनुुहन्थ्यो । बुबा समेत संगीतकार भएको कारण यस क्षेत्रमा अगाडि बढ्न उहाँ हौसिनुभयो । स्कुलमा हुने विभिन्न कार्यक्रममा प्रायः प्रतिभा सुनाइहाल्ने बानि भएका उहाँले गाउने मात्र हैन राम्रो नाच्ने समेत गर्नुहुन्थ्यो ।

२०५२ सालमा देउराली क्ल्वमा आवद्ध साथीहरु मिलि देउराली व्याण्डको स्थापना गरे पश्चात उहाँको औपचारीक सांगीतिक यात्रा सुरु भयो । उहाँले रेकर्ड गरेको पहिलो गीत ‘रातको सपनिमा’ हो । २०५२ मा रेर्कड गरेको यो गीत त्यही वर्ष आएको देउराली व्याण्डको पहिलो एल्बम ‘अन्यौल’ मा समावेश थियो । उक्त समयमा व्याण्ड स्थापना गर्ने लहडनै चलेको थियो ।

क्लबमा आवद्ध अमृत गुरुङ्ग, भिम पुन, रत्नमान गुरुङ्ग, सुक गुरुङ्ग पढाइको शिलशिलामा काठमाण्डौ हानिनुभयो । उहाँहरुले उतै नेपथ्य व्याण्डको स्थापना गरेर यात्रा अगाडी बढाउनुभयो । बाँकी रहेका सदस्यले देउराली क्लवलाई नै देउराली व्याण्डको रुपमा स्थापीत गरेका थिए ।
२०५४ सालमा व्याण्ड मार्फत दोस्रो एलबम ‘लुकीचोरी’ बजारमा आएको थियो । २०५६ मा निकालेको ‘अथाह’ नामक एलबमबाट समेत यो समुहको लोकप्रीयता बढेको मान्न सकिन्छ ।

आनन्दले भने २०५९ मा सोलो एलबम ‘सुयोग’ लाई श्रोतामाझ पस्किनुभयो । पुनः २०६३ मा आनन्दले आफ्नै पहलमा देउराली व्याण्डको चौथो एलबम ‘निरन्तरता’ मार्फत व्याण्डको निरन्तरता दिनुभएको थियो । २०६८ सालमा आफ्नो दोस्रो सोलो एलबम ‘कन्टिन्युटि–२’ लाई बजारमा ल्याउनुभयो । उहाँको सोलो एलबम ‘कन्टिन्युटि–३’ समेत दर्शक श्रोतामाझ आइसकेको छ । पछिल्लो क्रममा सार्वजनिक भएका गीत उहाँको नयाँ एलबम ‘कन्टिन्युटि–४’ मा समावेश गरिने गीतहरु हुन् । गायक बज्राचार्यले देउराली व्याण्ड भने छोडिसक्नुभयो।
भिडियो लिंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...