कर्णप्रिय संगीतालयको वार्षिकोत्सव सम्पन्न

सोलमेजर म्युजिक सप पोखरामा सञ्चालन

राजाराम पौडेल / पोखरा माघ १ ।
पोखराको विपीचोकमा रहेको कर्णप्रिय संगीतालयको प्रथम वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कुलपति ढकालले प्रतिष्ठानले कला, साहित्य, संगीतको क्षेत्रमा कार्य गर्दै जाने बताउनुभयो । उहाँले कर्णप्रिय संगीतालयमा भेटिएका नयाँ प्रतिभाको तारिफ गर्नुभयो ।

संगीतालयका सञ्चालक करण तामाङको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी संगीतालयका प्रमुख नवराज बराल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, वरिष्ठ तवलाबाधक श्यामलाल श्रेष्ठ, राष्ट्रिय संगीतकर्मी संघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद गौतम, आरोह प्रशिक्षण केन्द्रका सञ्चालक खेम लामा, संगीतालयका गीतार प्रशिक्षक प्रदिप ठकुरीले बोल्नुभएको थियो ।

लामो समयदेखि पोखरालाई कर्मक्षेत्र बनाएर सांगीतिक क्षेत्रमा क्रियाशील करण तामाङले सञ्चालन गरेको संगीतालयको वार्षिकउत्सवक कार्यक्रममा नयाँ प्रतिभाले आफ्नो कला समेत सुनाए । यसरी प्रतिभा सुनाउनेमा प्रवेश परियार, प्रशंसा परियार, टिका पुन, विनिता सुनार, लक्ष्मी सुनार, निरुता रसायली, प्रितम गुरुङ, टिका गुरुङ, रोजिना थापा मगर, दर्शन गुरुङ, प्रतिक्षा सुनार, राम प्रसाद न्यौपाने, मुना राना, उमेन्द्र गुरुङ, अनु गुरुङ लगायत रहनुभएको थियो । उहाँहरुलाई वाद्यवादनमा रोम तामाङ, खेम लामा र प्रदिप ठकुरीले साथ दिनुभयो । कार्यक्रमको सञ्चालन राष्ट्रिय संगीतकर्मी संघ गण्डकीका सचिव कृष्ण वाग्लेले गर्नुभएको थियो ।

सोही कार्यक्रममा सोलमेजर म्युजिक सपको शुभारम्भ गरिएको थियो । कर्णप्रिय संगीतालयका गीतार प्रशिक्षक समेत रहनुभएका प्रदिप ठकुरीले सञ्चालनमा ल्याउनुभएको सपको पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । सपमा गीतार लगायतका संगीतसँग सम्बन्धित सामाग्री राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...