लागू औषध सहित पोखराबाट एक जना पक्राउ


पोखरा पुस २९
जिल्ला प्रहरी कार्यलय कास्कीले लागू औषध सहित पोखराबाट एक जनालाई पक्राउ गरेको छ ।पोखराको वडा नम्बर १ भैरवचोकबाट न्यूरोड बस्ने १९ बर्षिय रोहित बि.क लाई लागू औषध सहित बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका सुचना अधिकारी सुन्दर तिवारीले बताए ।


पक्राउ परेका बि.क.को साथ बाट लागू औषध डाईजापाम –१२१ एम्पुल, फेनारगन १२१ र नर्फिन १२१ एम्पुल गरी जम्मा ३६३ एम्पुल लागू औषध फेला परिएको तिवारीले जनाए । उनलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइने तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...