कार्यस्थल र रिर्पोटिङमा जादाँ भएको दुव्र्यवहार प्रति महासंघ कास्कीको ध्यानाकर्षण


पोखरा पुस २९

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य सुमन थापा मगर र कास्कीमा क्रियाशील पत्रकार रिना थापाले कार्यस्थल र रिर्पोटिङमा जादाँ आफू माथि भएको यौन दुव्र्यवहार सम्बन्धी लेखेको लेखप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष बिमला भण्डारी द्धारा जारी बिज्ञप्ति मार्फत भनिएको छ, पत्रकारद्वय मगर र थापाप्रति भएको दुव्र्यहारको नेपाल पत्रकार महासंघ कास्की घोर निन्दा र भत्र्सना गर्दछ । दोषीको पहिचान गरी यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्ने पक्षमा महासंघ दृढ छ । यस सम्बन्धमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको समेत जानकारी गराउँदछौं ।

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन महासंघ सम्बन्धित सबैमा सचेत गराउँदै पत्रकार महिलालाई सुरक्षित रुपमा काम गर्ने वातावरण मिलाउन सरोकारवाला सबैको ध्यानाकर्षण गराउँदछौं बिज्ञप्तिमा उल्लेख छ । पत्रकारद्वयले आफू माथि भएको दुब्र्यवहार सम्बन्धी लेख लेखेका थिए ।
बिज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...