बतास माथि भएको प्रहार ब्यवसायी माथिको प्रहार : पोखरा उद्योग बाणिज्य संघ


पोखरा पुस २७
पोखरा उद्योग बाणिज्य संघले ब्यबसायी आनन्दराज बतास माथि भएको सरकारी प्रहार ब्यवसायी माथिको प्रहार भएको बताएको छ ।

पोखरा उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छे द्धारा जारी बिज्ञप्ति मार्फत भनिएको छ,पोखरा उद्योग बाणिज्य संघको सदश्य प्रतिष्ठान होटल आनन्दका संचालक आनन्दराज बतास तथा बतास ब्रदर्ससगँ जोडिएर पछिल्लो समय बिभिन्न सञ्चारमाध्यममा आएका समाचार तथा सार्बजनिक टिप्पणीप्रति पोखरा उद्योग बाणिज्य संघको ध्यानाकर्षण भएको बिज्ञप्ति मार्फत उल्लेख गरिएको छ ।

नारायणहिटी दरबारमा रेष्टुरा संचालनदेखी अन्य बिभिन्न स्थानमा गरेका ब्यसायीक गतिबिधिहरु राज्यप्रदत्त ब्यापार ब्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको बिषय भएको जारी बिज्ञप्तिमा उल्लेख छ । साथै राज्यबाट भएको ज्यादतिको क्षतिपूर्ति दिन समेत पोखरा उद्योग बणिज्य संघले माग समेत गरेको छ ।
बिज्ञप्ति
पोखरा उद्योग वाणिज्य संघको सदस्य प्रतिष्ठान होटल आनन्दका संचालक श्री आनन्दराज बतास तथा बतास ब्रदर्ससँग जोडिएर पछिल्लो समय विभिन्न संचारमाध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
हाम्रो सदस्य प्रतिष्ठानले नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरू राज्यप्रदत्त व्यापाररव्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय हो ।
सरकारले टेण्डर आह्वान नगरेको भए,सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रलाई लगानीको आह्वान नगरेको भए बतास समूह न नारायणहिटी भित्रको रेष्टुराँमा लगानी गथ्र्यो न त गौशाला वा अन्य क्षेत्रमा नै व्यवसायको सम्भावना खोज्न उद्यत रहन्थ्यो ।

राज्य स्वयंले टेण्डर आह्वान गर्ने,सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोपरप्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृत्ति आफैमा विरोधाभाषपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको हाम्रो ठम्याइ रहेको छ । पछिल्लो समय सरकारले गरेका गतिविधिहरूले निजी क्षेत्रको मनोवल गिराउने काम मात्रै गरेको छैन, आफैले गरेका निर्णयहरू लत्याउने एवं कानूनी राज्यको खिल्ली उँडाउने काम भएको छ । प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्नु राज्यको कर्तव्य हो ।

त्यस्ता गतिविधिमाथि कारवाही गरिनुपर्नेमा संघ स्पष्ट छ तर सस्तो लोकप्रियताका लागि व्यक्तिमाथि खनिनुलाई किमार्थ राम्रो मान्न सकिँदैन । अझ संचारमाध्यममा आएका टिप्पणीकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिइ माननीय मन्त्रीज्यूकै निर्देशनमा निर्माणाधीन संरचना भत्काइनु भनेको राज्यको गैरजिम्मेवारीको पराकाष्ठा हो भन्ने हाम्रो धारणा रहेको छ ।

म्झौतामा दुबै पक्षको हस्ताक्षर हुन्छ र तोड्दा अवलम्बन गर्नुपर्ने प्रावधानहरू पनि स्पट रुपले किटान गरिएकै हुन्छ । ती प्रावधान लत्याउने दुबै पक्षलाई नभएको पनि हामी स्मरण गराउन चाहन्छौं ।

पोखरा उद्योग वाणिज्य संघ यस्ता गतिविधिहरू तत्काल रोक्न,राज्यबाट भएको ज्यादतिको क्षतिपूर्ति दिन र कानूनी राज्यको प्रत्याभूति गराउँदै सफाइको मौका दिन एवं व्यवसायीको सम्पत्तिमाथि पु¥याइएको नोक्सानीको क्षतिपूर्तिको लागि पोखरा उद्योग वाणिज्य संघ जोडदार माग गर्दछ । बतास व्यक्ति हैन,व्यवसायी हो । अहिले भएको प्रहार व्यवसायीमाथिकै प्रहार हो ।

लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरूको मानमर्दन र चरित्रहत्या गर्ने प्रवृत्तिले लगानीको वातावरण बन्दैन भन्नेमा पनि हामी सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...