सन्तोषजनक काम भएको निश्कर्ष निकाल्दै अन्नपूर्ण गाउँपालिकाको गाउँ सभा सम्पन्न

पोखरा पुस २८
अन्नपूर्ण गाउँपालिका कास्कीको एघारौं गाउँ सभा तथा हिउदे अधिबेशन बुधवार सम्पन्न भएको छ । गाउँ सभामा चालू आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक खर्च सम्बन्धी छ्लफल भएको र गाउँसभामा अहिलेसम्म भएका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल, बजेटरकमान्तर, बजेट विवरण हेरफेर लगायतका बारेमा समेत छलफल पश्चात विभिन्न निर्णय गरिएको छ ।

गाँउसभाले खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धि ऐन २०७८, जलश्रोत ऐन २०७८, विनियोजन बिधियक ऐन २०७८ को पहिलो संशोधन २०७८ सर्वसम्मत रुपमा पारित गरेकोे छ ।
विनियोजन बिधेयक ऐन २०७८ को पहिलो संशोधन २०७८ गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले टेवल गरेकी थिईन् भने समर्थन वडा नं। ५ का वडाध्यक्ष जिवनाथ पौडेलले गरेका थिए ।

त्यस्तै खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धि ऐन २०७८ कार्यपालिका सदस्य विमला सुनारले टेबल गरेकी थिइन् भने समर्थन वडा नं। १ का वडाध्यक्ष भरतजंग कुवँरले गरेका थिए । अर्को जलश्रोत ऐन २०७८ कार्यपालिका सदस्य गंगा कुवँरले प्रस्तुत गर्दा वडा नं। २ का वडाध्यक्ष चुडामणी अधिकारीले समर्थन गरे ।

हिउँदे अबिधेशन भएको हुँदा कानुनका दफामा छलफल भई पारित गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले जानकारी गराए ।

गाउँपालिका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न गाउँ सभामा गाउँपालिका तथा वडा कार्यालयबाट सम्पन्न भएका तथा सम्पन्न हुनबाँकी कामहरुको बारेमा र बिभिन्न ३ वटा बिधेयकमा ११ वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बजेट कसरी कार्यान्वयन गर्ने तथा सम्पन्न कामहरु र गाउँपालिकाको गतिबिधी बारे सभामा प्रश्न उठाईएको थियो।
उक्त सभामा उठाएका सम्पर्ण प्रश्नहरुको गाउँपालिका अध्यक्ष कुँवरले जबाफ दिएका थिए ।

सभामा उठेका प्रश्नहरुको जवाफदिदै गाउँपालिका अध्यक्ष कुँवरले हालसम्म भएका कामहरु सन्तोषजनक तरिकाले सम्पन्न भएको बताए । उनले भने, “हामीले गरेका कामहरुमा कुनैपनि अबरोध र नकारात्मक टीका टिप्पणी नआएका कारण गाउँपालिकाले गरेका बिकास निर्माणका कामहरु उत्कृष्टता पुर्बक सम्पन्न भएका छन् ।” बाँकी रहेका बिभिन्न क्षेत्रमा बिनियोजित गरिएको बजेट चाडै कार्यान्वयनमा आउने पनि उनले बताए ।

अहिले सम्मका कामहरुको सबै क्षेत्रबाटप्रशंसा भएकोले उत्कृष्टकाम गरेर देखाउन सभामा उपस्थित सभा सदस्यहरुलाई अध्यक्ष कुँवरले आग्रह गरे । उनले सभामा उपस्थित सबैजनालाई सामुहिक रुपमा बिकासका काममा सहयोग गर्न समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...