प्रगतीशील टोलको अध्यक्षमा पुनः खड्का चयन

पोखरा २८ पुष

पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित चिसापानीको प्रगतीशील टोल विकास संस्थाको हालै सम्पन्न भएको पाचौं सधारणसभा तथा तेश्रो अधिवेशनले पुनः नर बहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

त्यसै गरी संस्थाको उपाध्यक्षमा शारदा खत्री, सचिवमा हेमराज बराल, कोषाध्यक्षमा डम्बर बहादुर पौडेल, सहसचिबमा नारायण बहादुर खड्का रहेका छन्। त्यस्तै अन्य सदस्यहरुमा धनुमाया बराल, शर्मिला पराजुली लगायतका रहेका छन्।

यसअघि पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले कार्यक्रमको उद्घाटन गर्दै हरेक टोलले आफ्नो टोल क्षेत्रमा हाल तेश्रो लहरको कोरोना शंक्रमणलाई रोकथाम र नियन्त्रण गर्न समयमै जागरुक हुन आग्रह गरे ।

संस्थाका अध्यक्ष नरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा वडा सदस्य मात्रिका प्रसाद बराल, दुर्गा बहादुर बराल, राम प्रसाद पौडेल, नेपाली कागेंसका होम प्रसाद बराल, नेमालेका राजेन्द्र प्रसाद बराल, माओबादी केन्द्रका मिनराज बराल, नेकपा एकिकृत समाजबादीका जगन्नाथ बास्तोलाको सहभागिता रहेको हेमराज बरालले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...