एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी

पोखरा, २८ पुस
एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले अध्यक्षका प्रत्यासि दामोदर बैरागीलाई ४९ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन । आज बिहान सकिएको मत परिणाम अनुसार गुरुङले ४५६ मत प्राप्त गरे भने बैरागीले ४०७ मत प्राप्त गरे ।

अधिवेशनमा सर्वसम्मतिले नेतृत्व चयन गर्न नसकेपछि मतदान भएको हो । चुनावी प्रक्रियामा जाँदा नेताहरु दुई प्यानलमा देखिए । अध्यक्षमा विजयी भएका गुरुङ नेता पृथ्वीसुव्वा गुरुङ र बैरागी खगराज अधिकारी प्यानलका हुन ।

उपाध्यक्षमा गुरुङ प्यानलबाटै तेजनारायण अधिकारी विजयी भएका छन् । उनले प्रत्यासि प्रभा कोईरालालाई ८ मत अन्तरले पराजित गरेका छन् । अधिकारीले ४२१ मत ल्याए भने कोईरालाले ४१३ मत प्राप्त गरिन ।

सचिवमा अधिकारी प्यानलका बैनबहादुर क्षेत्री विजयी भएका छन् । उनले ४७५ मत पाए भने प्रत्यासि विष्णु केसीले ३६४ मत ल्याए । यस्तै उपसचिवमा दर्शन लामा र नवराज ओझा विजयी भएका छन् । लामाले ५४० र ओझाले ४४३ मत पाए । दुवैजना अधिकारी प्यानलका हुन ।

एमाले कास्कीको अधिवेशनका लागि ९१९ जना प्रतिनिधि रहेकोमा ८१५ जनाले मतदान गरेका निर्वाचन समितिका संयोजक सुरेन्द्र थापामगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...