पोउवा संघको पहलमा लेखा र प्याकेजिङ तालिम

पोखरा,२७ पुस
पोखराका उद्योगी व्यवसायी लघु,घरेलु तथा साना व्यवसायीहरुले २ वटा तालिम पाएका छन् । उनीहरुलाई लेखा व्यवस्थापकीय र लेबलिङ,प्याकेजिङ तथा बजारीकरणसम्बन्धी तालिम दिइएको हो । लेखामा २५ सहित तालिममा करिब ५० जनाको सहभागिता रहेको थियो ।

२ दिने तालिमको नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र आयोजना तथा पोखरा उद्योग वाणिज्य संघ सह–आयोजक रहेको थियो । आफ्नो लेखा चुस्त–दुरुस्त राख्न नसक्दा व्यहोर्नुपर्ने हैरानी र घाटाबाट व्यवसायीहरुलाई मुक्त गराउन एवं गुणस्तरीय उत्पादन गरे पनि बजारीकरणमा भोग्नुपरेको समस्या निराकरण गर्न तालिम आयोजना गरिएको हो । तालिममा दोहोरो लेखा प्रणाली तथा लेबलिङ र प्याकेजिङ कसरी गर्ने भन्नेबारे जानकारी दिइएको थियो ।

मंगलबार तालिम समापनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत ऋषिराम पंगेनीले लेखा प्रणाली चुस्त राख्न र प्रतिस्पर्धी बजारमा टिक्नको लागि नयाँ तालिम फलदायी हुने विश्वास व्यक्त गरे।

दुबै तालिम उत्पादन र उत्पादकत्व बढाउने उदेश्यमा समर्पित रहेको बताए ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सबै कानून बुझेर व्यवसाय सुरु गर्छु भन्ने हैन कि सुरु भएपछि आफूलाई आवश्यक पर्ने जानकारी लिन्छु भन्नु राम्रो भएको बताए । उनले लेखा चुस्त नराख्दा भोग्नुपर्ने दण्ड–जरिवानाबाट बचाउन तालिम फलदायी हुने विश्वास लिए ।

प्रतिस्पर्धी बजार प्रवेशको लागि आकर्षक लेबलिङ र प्याकेजिङ पहिलो सर्त भएको उनको भनाइ थियो । पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेको संचालन रहेको समापन कार्यक्रममा बोल्दै सहभागी तथा उद्यमी सुनयना पालिखेले कानूनी प्रावधानका जटिलता व्यवसायीलाई हतोत्साही बनाउने खालको रहेको टिप्पणी गरिन् ।

उनले प्याकेजिङ र लेबलिङले कसरी उत्पादनलाई प्रतिस्पर्धी बनाउँछ भन्ने कुरा हरेक उद्यमीले बुझ्न जरुरी रहेको पनि स्वीकारिन् । लेखाका अर्का प्रशिक्षार्थी लालप्रसाद ढकालले लेखा प्रणाली नबुझ्दा कमाएको सबै गुमाउने सम्भावना हुँदा लेखा प्रणालीलाई व्यवस्थित गर्न व्यवसायीहरुलाई अनुरोध गरे । प्रशिक्षार्थी दुबैले तालिम फलदायी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...