बगर भाई खलक एट–ए–साइड भेट्रान्सः आयोजकको सहज जित

सबिन रेग्मी पोखरा २७ पुस

पोखरामा जारी बगर भाई खलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएके दोश्रो दिनको खेलमा आयोजक बगर भाई खलक ‘हरियो’ टिम विजयी भएको छ ।
बगर भाई खलकको टिमले काठमाडौको वौद्ध भेट्रान्स माथी ५–२ ले सहज जित दर्ता गरेको हो । टुँडीखेल मैदानमा भएको खेलमा वगर भाई खलकका मनोज गुरुङले ह्याट्रिक पुरा गरे । त्यस्तै राजकुमार लामा र दिपक गर्वुजाले समान १–१ गोल गरे ।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन ७ खेल सम्पन्न भएका छन् । त्यस्तै सानो गौचरन भेट्रान्स काठमाडौंले थापा गाउँलाई ३–० ले पराजित ग¥यो । हेटौडाको नागसोती टिमले सिमरा भेट्रानलाई २–० ले पराजित गरेको छ ।

त्यस्तै आयोजक वगर भाई खलकको ‘वि’ टिम बुटवल भेट्रान्स संग ४–० ले पराजित भयो । प्रतियोगिता अन्तर्गत पशुपति भेट्रान्स काठमाडौले किङ कम भेट्रान्सलाई टाई व्रेकरमा २–१ ले पराजित गरेको छ ।

त्यस्तै पोखराको एविसी भेट्रान्स ‘ए’ टिमले काठमाडौको टुँडीखेल भेट्रान्स माथी ३–० को सहज जित दर्ता गर्न सफल भयो । एविसीका लागि हरि खड्का, डम्वर गुरुङ र नरेन्द्र गुरुङले समान १–१ गोल गरे । त्यस्तै मंगलबार नै भएको खेलमा पोखराको लेकसाईड भेट्रान्स काठमाडौको फ्रिडम फाइटरसँग टाई व्रेकरमा २–१ ले पराजित भयो ।

प्रतियोगिता विजेताले टिमले १ लाख ५१ हजार १ सय १ सय ११ र उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...