१५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं पुस २६
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए ।

उनले भने,‘ सीसीएमसीले गरेको निर्णय अनुसार हुन्छ, त्यसमा थप निर्णय आवश्यक पर्दैन । हामी सूचना जारी गछौँ ।’आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...