माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं पुस २५
कोभिड–१९ व्यवस्थापन समिति ९सीसीएमसी० ले आगामी माघ १५ गतेदेखि कक्षा दशसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

आइतवार बसेको कोरोनासम्बन्धी बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

सीसीएमसी समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले कोरोना बढ्दै गएकाले बैठकले सो निर्णय गरेको बताइन् ।

बैठकको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा प्रशासन मन्त्रालयलाई पठाउने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...