पोखरामा राष्ट्रिय एकता दिवस मनाइँदै

सबिन रेग्मी,पोखरा २५ पुस
३ सय औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कास्कीमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । विश्व हिन्दु महासंघको अग्रसरतामा पुस २७ गते विभिन्न धार्मिक तथा राजनितिक संघ संस्थाहरुको सहकार्यमा मनाइने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मुल समारोह समितिका संयोजक शंकर खरालले विगतका बर्षहरु जस्तै यसवर्षपनि कुनैपनि राजनीतिक गन्ध नदिइ नागरिक स्तरबाट नै पृथ्वी जयन्ती मनाउन लागिएको बताए ।राज्यले सम्मान दिनुपर्नेमा उल्टै शालिक तोडफोड गरेर अपमान गरेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

सो अवसरमा छोरेपाटनस्थ्ति ठकुरी संगम परिवार परिसरमा रहेको शाहको शालिकमा माल्यार्पण समेत गरिने महासचिव पार्वता पौडेलले बताइन् ।पृथ्वीचोकमा हुने कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल र डा. चिन्तामणि योगी प्रमुख वक्ताका रुपमा रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...