एघारौं पोखरा महोत्सव बुधबारदेखि

स्थानीय उत्पादन र नव उद्यमीलाई प्राथमिकता

नारायण क्षेत्री पोखरा २५ पुस

एघारौं पोखरा महोत्सव बुधबारदेखि माघ ९ गते सम्म आयोजना हुने भएको छ ।युनाइटेड क्लबको आयोजनामा अमरसिंह माविको खेल मैदानमा पुस २८ देखि माघ ९ गते सम्म आयोजना हुने महोत्वसको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष एवं महोत्सव संयोजक राजु श्रेष्ठले क्लबले सामाजिक कार्यका लागि महोत्सव आयोजना गर्दै आइरहेको बताउँदै बताए । उनले स्थानीय उत्पादन र नव उद्यमीहरुका लागि महोत्सवले सघाउ पु¥याउने बताए । कोरोनालाई लक्षित गरी महोत्सव अवलोकनका लागि पुग्ने दर्शकहरुलाई मास्क र १५ स्थानमा स्वचालित सेनिटाइजर मेसिनको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

१२ दिन सम्म चल्ने महोत्सवमा २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने क्लबका महासचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक शान्तबहादुर थापाले बताए । महोत्सबाट १ लाख ८० हजार आम्दानी र १ लाख ४० हजार खर्च हुने आयोजनको अनुमान छ । महोत्सवमा विभिन्न २ सय ४७ वटा स्टलहरु रहनेछन् ।

महोत्सवमा विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्रि, हस्तकला, सूचना प्रविधिका साथै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी गरिने प्रचारप्रसार उपसमिति संयोजक थापाले बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका सचिव एवं रेडियो अन्नपूर्णका समाचार संयोजक माधब बरालले महोत्सवलाई सफल बनाउन पत्रकारिताको मर्म र धर्म अनुसार सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महोत्सवको मुख्य प्रायोजकमा बेटर होम एपलाइन्सेस रहेको छ । महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नेछन् । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...