शुभ चेरिस्मा इम्पोरियम पुनः सञ्चालनमा


नारायण क्षेत्री पोखरा २५ पुस

पोखराको न्युरोडमा रहेको शुभ चेरिस्मा इम्पोरियम थप सुबिधा सहित पुनः सञ्चालनमा आएको छ । धर्र्र्र्र्र्मराज बर्तौला, सीता बराल र प्रभा कार्की गरी तीन जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको इम्पोरियमको आइतबार एक कार्यक्रमका बिच अभिनेत्री करिष्मा मानन्धरले उद्घाटन गरिन् ।


इम्पोरियमकी ब्राण्ड एम्वेसडर समेत रहेकी अभिनेत्री मानन्धरले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताइन् । त्यस्तै सञ्चालक सीता बरालले व्यवसायमा लाग्दा विभिन्न उतार चढावलाई झेल्दै आएको बताउँदै अब एउटा उदाहरणको रुपमा निरन्तर व्यवसायमा लागिरहने प्रतिवद्धता व्यक्त गरिन् ।


त्यस्तै पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं राजनीतिकर्मी विश्वशंकर पालिखेले एक पटकको असफलताले मानिसलाई पाठ सिकाउने उल्लेख गर्दै निरन्तरको प्रयासले मानिस सफल हुने बताए ।

सञ्चार उद्यमी सुनयना पालिखेले लडेर फेरी उठन सक्नु नै ठुलो कुरा भएको उल्लेख गर्दै थप उर्जा सहित पुनः व्यावसायमा फर्किएर सबै महिला उद्यमीहरुका लागि उदाहरण बनेको भन्दै बरालको प्रशंसा गरिन् । बरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठले हिम्मत नै सबैभन्दा ठूलो कुरा भएको बताइन् ।


कार्यक्रममा इम्पोरियमका अध्यक्ष धर्मराज बराल, महिला उद्यमी सीता पाण्डे, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना बर्षा शर्मा, इभेन्ट म्यानेजर बिशाल गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संचारकर्मी अनिषा श्रेष्ठले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...