टाइगर कप भलिबल सोमबारबाट

सबिन रेग्मी, पोखरा पुस २४
दोस्रो टाइगर कप भलिबल प्रतियोगिता सोमबारदेखि आयोजना हुने भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पुस २६ देखि माघ १ गते सम्म सञ्चालन हुने आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहने छ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा पुृरुषतर्फ विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

त्यस्तै महिलातर्फ पनि विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब , न्यु डायमण्ड र आयोजक टाइगर ग्रुप अफ पोखराको सहभागिता रहने छ । दोस्रो संस्करणमा आफ्नै महिला टिमलाई मैदानमा उतार्न लागेको टाइगर ग्रुप टिमको नेतृत्व राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले गर्नेछिन् । क्याप्टेन शाहीको नेतृत्वमा श्रीलंकाका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगिताका लागि ३ सय प्रवेश शुल्क निर्धारण गरिएको छ भने हरेक दिन ४ वटा खेल खेलाइने प्रचार प्रसार समतिका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

म्हिला÷पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् । त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।

यो संस्करणमा दर्शकहरुको सुविधाका लागि फोल्डिङ मञ्चका साथै १५ हजार दर्शक क्षमताको प्यारापिट समेत निर्माण गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै ग्रुपकाअध्यक्ष शर्माले नेपाल सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरि प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।

प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, पश्चिमाञ्चल खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल भलिबल संघ र जिल्ला भलिबल संघ कास्की लगायत विभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन् ।

साउथ सेन्ट्रल एशिएन भलिबल एसोसिएसनका प्रमुख मोहमद लतिफको पनि सहभागिता रहने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...