डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न


पोखरा २२ पुस

नेपाल बैंक लिमिटेड तालचोक शाखाको आयोजनमा एक दिने डिजिटल बैंकिङ फाइनान्सियल बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा २७ तालचोकमा रहेको त्रिवेत्री इन्टरनेशनल कलेजमा अध्ययनरत स्नातक तहको ब्यबस्थापन संकायका १ सय ५० जना बिद्यार्थीहरुलाई उक्त साक्षरता सम्बन्धी अभिमुखिकरण दिइएको तालचोक शाखा प्रबन्धक रिचा खनालले जानकारी दिइन् ।

ब्यबस्थापन संकायमा अध्ययनरत बिद्यार्थीहरुका लागि डिजिटल बंैकिङ निकै महत्वपूर्ण हुने भएकाले सो क्षेत्रमा अध्ययनरत बिद्यार्थीहरुलाई केन्द्रीत गरेर कार्यक्रम गरिएको खनालले बताइन् ।
कार्यक्रमको सहजीकरण बंैकका तालचोक शाखा सहायक प्रबन्धक मञ्जु आले र क्यासियर रामप्रसाद पंगालीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...