लायन्सको १० औं जिल्ला अधिवेशन माघमा


नारायण क्षेत्री पोखरा २२ पुस

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालको दशौं जिल्ला अधिवेशन आगामी माघमा हुने भएको छ ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिवेशन मूल आयोजक कमिटिका संयोजक लायन डम्बरबहादुर गुरुङले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा माघ २९ गते महाधिवेशन हुने जानकारी दिए । अधिवेशनमा ६ हजार भन्दा बढी लायन्स सदस्यहरुको सहभागिता रहने छ ।
अधिवेशन पश्चात नेपालमा हाल कायम रहेका ४ वटा डिष्ट्रिकबाट १५ वटा डिष्ट्रिकमा बिस्तार गरिने छ भने डिष्ट्रिक ३२५ बी १ नेपालमा ५ वटा डिष्ट्रिक बनाइने छ ।

पत्रकार सम्मेलनमा बोल्दै डिष्ट्रिक गभर्नर लायन विश्वेश्वर आचार्यले शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा लायन्सले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । पोखरा क्षेत्रको पर्यटन पवद्र्धनमा लायन्स महाधिवेशनले सघाउ पु¥याउने आचार्यले बताए ।

लायन्स अधिवेशनलाई लक्षित गरी पोखराका पर्यटन व्यवासयीहरुले समेत प्याकेजको घोषणा गरेका छन् । पश्चिमाञ्चल होटल संघ, रेवान तथा विभिन्न संघ संस्थाहरुले १५ देखि ४० प्रतिशत सम्म छुटको व्यवस्था गरेको पनि अधिवेशन संयोजक डम्बरबहादुर गुरुङले बताए । अधिवेशनलाई सफल बनाउन विभिन्न उपसमितिहरुले सक्रिय रुपमा कार्य गरिरहेको संयोजक गुरुङको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...