राष्ट्रिय सहकारी बैंक लिं को १८ औं साधारणसभा भोलि

सबिन रेग्मी पोखरा २१ पुुस

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं बार्षिक साधारणसभा भोलि पोखरामा हुने भएको छ।साधारणसभामा गण्डकी प्रदेशमा रहेका १ हजार ३ सय ८८ वटा सहकारीका प्रतिनिधिहरुको सहभागिता रहने बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पोखरा सभागृहमा हुने कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नेछन् ।

२०६० सालमा ललितपुरमा स्थापित बैंकमा नेपालका ७७ वटै जिल्लाका १४ हजार भन्दा बढी सहकरी संस्थाहरु आवद्ध छन् भने ६८ वटा शाखा कार्यालय मार्फत सेवा दिइरहेको बैंकका अध्यक्ष केबी उप्रेतिले जानकारी दिए ।

बैंकले आर्थिक बर्ष २०७७÷७८ मा सेयर पूँजी २ अर्ब ८७ करोड, निक्षेप ६६ अर्ब ३४ करोड संकलन गरि ३५ अर्ब ९१ करोड कर्जा प्रवाह गर्दै कुल ७१ अर्ब ६८ करोड कारोबार गर्न सफल भएको बैंकका कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...