गण्डकी प्रदेश स्तरीय खुल्ला आर्चरी प्रतियोगिता हुँदै

सबिन रेग्मी पोखरा २१ पुस

पोखरामा पुस २३ र २४ गते प्रथम गण्डकी प्रदेश स्तरीय खुल्ला आर्चरी प्रतियोगिता हुने भएको छ ।
कास्की आर्चरी संघको आयोजनामा रंगशालास्थित आर्चरी खेल मैदानमा प्रतियोगिता आयोजना हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पोखरामा हुन गइरहेको नवौं राष्ट्रिय खेलकुदलाई मध्यनगर गर्दै खेलाडीहरुको मनोवल बढाउनुका साथै पदक प्राप्त गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र चौंथो हुने खेलाडीले १० हजार नगद तथा मेडल र प्रमाणपत्र प्राप्त गर्ने संघले जनाएको छ । त्यस्तै वेस्ट स्कोररलाई ५ हजार प्रदान गरिने प्रतियोगिता संयोजक बसन्त गौचनले जानकारी दिए ।

प्रतियोगितामा मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत र कास्कीबाट गरी झण्डै ७५ जना खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगिताबाट छानिएका १० उत्कृष्ट खेलाडीहरुलाई नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि प्रशिक्षणको व्यवस्था समेत गरिएको अध्यक्ष शेरचनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...