यातायात व्यवस्था कार्यालय कास्कीमा डिजिट लाइजेसन प्रविधिको सुरुवात


पोखरा पुस २१
यातायात व्यवस्था कार्यालय कास्कीका सेवाहरु अनलाइनमार्फत प्रदान गरिने भएका छन् । बुधवार यातायात व्यवस्था कार्यालय कास्कीमा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात ब्यवस्था मन्त्री कुमार खड्काले कार्यालयका सम्पूर्ण फाइल र ठड्डाहरु स्क्यानिङ एण्ड डिजिलाइजेसन गर्ने ठेक्का पाएको परामर्शदाता कम्पनी(सिड राजदेवीसमृद्धी जे.भी.) ले तयार पारेको मोवाइल एप र वेभसाइटको एक कार्यक्रमका वीच उद्घाटन गरेका छन् ।


कार्यक्रमलाइ सम्वोधनगर्दै मन्त्री खड्काले यातायात कार्यालयहरु बाट प्रदान गरिने सेवामा समयानुकुल सुधार र सरलिकरण गर्ने कार्य गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेको बताउदै यातायात कार्यालयहरुले दिने सेवाले गण्डकी प्रदेश सरकारको मूल्याङ्कन हुने बताउनु भयो ।


उहाँले यातायातका सेवाहरु अनलाइनमार्फत गर्ने कार्यको सूरुवात कास्कीवाट सुरु गर्न लागिएको, सरकारको सफलतायातायात जस्ता सेवाप्रवाह गर्ने कार्यालयहरुले जनताहरुलाई दिने सेवामार्फत हुने भन्दै जिम्मेवारीका साथकाम गर्न कर्मचारीहरुलाई निर्देशन दिदै यातायात कार्यालयको सेवादिने शैली परम्परावादी बाट मुक्त गराउनु पर्नेमा जोड दिनु भयो ।


यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लिराम रिजालले यातायात ब्यवस्था कार्यालय सवारी कास्कीमा सूधारको कार्यको थालनी भएको उल्लेख गर्दै कार्यालयको सेवा अनलाइन मार्फत गर्ने गरी कार्यको सुरुवात भएको बताउनु भयो ।

उहाँले सेवाग्राहीहरुले छिट्टै नै अनलाइन मार्फत सेवालिन सक्ने जानकारी दिदै कार्यालयमा भएका फाइल र ढड्डाकोे स्क्यानिङ एण्ड डिजिलाइजेसनको कार्यकोे डिजिलाइजेसनका पाँच चरण मध्ये तीन चरण हार्र्डवेयर, सफ्टवेयर, इस्टलेसनका कार्य झण्डैै सम्पन्नभ इसकेको र बाँकीकार्यहरु अगामी जेष्ठ मसान्तसम्ममा सकिने र भइरहेको डिजिलाइजेसन प्रक्रियालाइ विस्तार गरी थप प्रविधियुक्त बनाइना गरिकहरुले घरमै वसेर यातायातका सेवाहरु लिन सक्नेमा विश्वास व्यक्त गर्नु भयोे।

।कार्यक्रममा मन्त्रालयका प्रशासन तथा यातायात महाशाखा प्रमुख टीकाराम पौडेल, यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीका सूचनाअधिकारी लक्ष्मीभद्र वाग्ले, यातायात शाखा प्रमुख केदार सापकोटा लगायत विभिन्न कार्यालयहरुका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...