जनताको विश्वास हुने गरी पत्रकारिता गर्न वक्ताहरुको सुझाव

पोखरा १९, पुष

जनताको विश्वास हुने गरी पत्रकारिता गर्नुपर्ने सोमबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कास्की शाखाको संयोजनमा सोमबार महासंघमा आयोजना भएको स्वस्थ्य स्वच्छ, स्वतन्त्र मर्यादित पत्रकारिता मैत्री काउन्सिल नेपाल पत्रकार आचार संहिता जागरण कार्यक्रममा सहभागि वक्ताहरुले उक्त कुरा बताएका हुन्।

समय सापेक्ष विभिन्न संचार माध्यहरुले गर्दा नेपाली पत्रकारितामा चुनौती थपिएको सन्दर्भमा केही पत्रकारले आचार संहिता पालना नगर्दा सिंगो पत्रकारिता माथि प्रश्न उठ्न थालेको वक्ताहरुको भनाई थियो । गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यबस्था मन्त्री कुमार खड्काले अविकसित देशहरुमा जनताको विश्वासिलो पात्र संचार माध्य एवं पत्रकार भएकोले पत्रकारहरु बढी जिम्मेवार हुनुपर्ने बताए । मिडिया र पाठ्य पुस्तक आम जनताको लागि विश्वासको माध्य भएकोले गर्दा यसमा आबद्ध हुने सबै जना अन्य क्षेत्रका भन्दा बढी गम्भिर हुनुपर्ने उनको भनाई थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता माथि गम्भिर चुनौती आएको दाबी गर्नु भयो । आम पत्रकारहरुलाई पत्रकार आचार संहिता पालना गर्न उनले माग गर्दै सरकारी निकायले दिएको सूचना पनि पत्रकारले सत्य र तथ्यका आधारमा प्रकाशन तथा प्रशारण गर्नुपर्ने बताए । पत्रकारलाई अध्यक्ष बस्नेतले जनप्रतिनिधिको सङघ्या समेत दिए । पत्रकारलाई तालिम खाचो भएकोले प्रदेश सरकारहरुले यसमा बिषेश ध्यान दिन उनको जोड थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सकरात्मक सन्देस प्रवाह हुने गरी पत्रकारिता गर्न आग्रह गरे । सरकारी कार्यालयहरुमा सूचना अधिकारी राखेकोले पत्रकारले आवश्यक सूचना सम्बन्धित निकायबाट लिन सकिने भएको उनले जनाए । कास्कीका प्रहरी उपरिक्षक (एस.पि.) रमेश थापाले समय सापेक्षा पत्रकारहरुमा थप निख्खार र पारदर्शी एवं स्वतन्त्रता हुनुपर्ने बताए ।

गण्डकी विश्वविद्यालयका परामर्शदाता प्रा.डा. मेदनी प्रसाद भण्डारीले आफु एस.एल.सीमा ४ पटकमा मात्र उत्र्रिण गरेको बताउदै हाल १ सय ३७ देशमा काम गरेको अनुभव सुनाए । निरन्तर मेहनत गरेमा असफलताबाटै पनि ठुलो सफलता हासिल गर्न सकिने उनको जिकिर थियो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिनाले पत्रकारहरुको लागि १४ बुंदे आचार संहिता हरेक संचार माध्यमको कार्यालयमा राख्न सुझाव दिइन ।

यही पुष ३० गते महासंघको बैठक बस्ने हुदा कुनै समस्या भए राख्न उनले आव्हान समेत गरिन। प्रेस काउन्सिलका सदस्य एवं अधिवक्ता दुर्गा भण्डारीले कार्यपत्र प्रस्तुतः गर्दै अझै पनि धेरै ठाँउबाट पत्रकार आचार संहिता पालना नभएको दाबी गरिन । महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिब माधव बरालले कार्यक्रमको संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...