२० औं आहा रारा गोल्डकप माघ ६ देखि


सबिन रेग्मी पोखरा १९ पुस

बहुप्रतिष्ठिन आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आगामी माघमा आयोजना हुने भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा माघ ६ देखि १५ गते सम्म प्रतियोगिता सञ्चालनका अखिल नेपाल फुटबल संघ (एन्फा) बाट तालिका प्राप्त भएको क्लबले जनाएको छ ।
प्रतियोगितलाई सफल बनाउन विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु निरन्तर खटिएको क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ ले जानकारी दिए ।

प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु र आयोजक गरी १० टिमको सहभागिता रहने छ । गतबर्षको उपाधि संकटा क्लबले जितेको थियो ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चायचाउले प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सञ्चालनका लागि १ करोड ६ लाख ४८ हजार ५ सय खर्च र १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी हुने क्लबको अनुमान रहेको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतियोगिताबाट बचत भएको रकम क्लबबाट सञ्चालित सूर्यबहादुृर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । पोखरा–१७ दोबिल्लामा रहेको एकेडेमीमा २०६१ सालदेखि उनिहरुलाई क्लबले आवासीय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण प्रदान गर्दै आइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
WP Radio
WP Radio
OFFLINE LIVE