पोखरा सडक महोत्सवमा सवारी दुर्घटनामा परी एक जना युवाको मृत्यु


पोखरा, १७ पुष
रेबान पोखराले अगेंजी नयाँ बर्षको अवसरमा आयोजना गरेको २३ औं सडक महोत्सवमा सवारी दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । महोत्सवको तेश्रो दीन (शनिबार) विहानै करिब १ः३६ बजेको समयमा शान्ति पाटन क्षेत्रमामहोत्सवमा आएका स्याङजा फेदीखोलाका ४० बर्षीय सुनिल गुरुङको सवारी दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी
एवं डि.एस.पी.सुन्दर तिवारीले बताए ।

ग २ च १११८ नम्बरको हाइलक्स गाडीले महोत्सवमा आएका गुरुङलाई ठक्कर दिए पश्चात उनको मेट्रो सिटि अस्पालमा उपचार हुदै गर्दा मृत्यु भएको उनले जनाए। उक्त गाडीको ठक्करले कास्कीकी एक युवती सलिना बराल समेत घाइते भएको डि.एस.पी.तिवारीले बताए ।

उनका अनुसार घाइते बराल हाल खतरा मुक्त भएकी छन्। गाडी चालक कास्की लेखनाथका २९ बर्षका सुवास बि.क. र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सडक महोत्सवमा आतासवाजी
यसैबिच, सडक महोत्सव शनिबार सम्पन्न हुने भएको छ । महोत्सवको मुख्य दिन अगेंजी नयाँ बर्ष सुरु हुने समयमा पोखरामा आतासवाजी समेत गरिएकोछ ।

यसबर्ष कोरोना शंक्रमण दरघटेसंगै महोत्सवमा मध्य राति र चिसो मौसमको
कुनै प्रवाह नै नगरी पोखरा आसपास तथा देशका विभिन्न स्थान सहित भारतीय
पर्यटकहरुलाई समेत महोत्सवमा देखिएको थियो ।

आतासवाजीको रौनक हेर्न मध्य १२ः०० बजेरातिपनि लेकलाइडमा दर्शक एवं पर्यटकहरुको अत्याधिक भिड भएको थियो।
सडक महोत्सवले गर्दा पुष १६ गते अधिकांश लेकसाइडका होटलहरुको रुम भरिएको
थियो भने प्रायःरेष्टुरेण्ट व्यवसयाीलाई भने भ्याई नभ्याई भएको थियो। ३
दिन सम्म चलेको महोत्सवमा ३० भन्दा बढी हस्तकलाका स्टलहरु रहेको रेवानले
जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकि प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस लगायतका विभिन्न खेल गतिविधि समेत समेटिएको थियो।
संस्कृति, खाना र म्यूजिकको समेत महोत्सवले प्रर्बद्धन गरेकोले सडकमै खाऔं सडकमै रमाऔं भन्दै उक्त महोत्सवलाई अगेंजी नयाँ बर्षको अवसरमा हरेक बर्ष निरन्तर रुपमा आयोजना गर्दै आएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जनाए ।

उक्त महोत्सवको अवसरमा लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा नोभेकल जोन जस्तै बनाइएको थियो तर एम्बुलेन्स र प्रहरीको गाडीलाई भने संचालनको प्रबन्ध गरिएको थियो।

यसपालि पनि महोत्सवमा आउने पर्यटकहरु व्यवसायीबाट ठगिएको गुनासो गरेका थिए । अन्य मौसममा पाउने रुम दोब्बर र खानाको मुल्य समेत महङगो भएको आन्तरिक पर्यटकले गुनासो गरेका हु्न् ।

बोट रेसमा स्विमिङपुल घाट प्रथम रेवान पोखराले आयोजना गरेको २३ आंंै पोखरा सडक महोत्सव अन्तर्गत डुङ्गा दौड प्रतियोगितामा स्विमिङपुल घाटको ए समुहले प्रथम स्थान हाँसिल गरेको छ।

बसुन्धा पार्कदेखि बाराही मन्दिर घुमेर पुन ः बसुन्धरा पार्क सम्मै सो दौड प्रतियोगिता भएको हो । विभिन्न ११ समुहले भाग लिएको प्रतियोगितामा २०मिनेट ४५ सेकेण्टमा निश्चित दूरी पार गर्दै स्विमिङपुल ए ले प्रथम स्थान हाँसिल गरेको हो ।

२० मिनेट ४८ सेकेण्डमा दूरी पार गरेको फेवा घाटले दोश्रो तथा २० मिनेट ५० सेकेण्डमा दौड पुरा गर्दै बाराही घाटको सी टोलीले तेश्रो स्थान हाँसिल ग¥यो ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय स्थान हाँसिल गरेका समुहले क्रमश नगद २०, १० र ५ हजार सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेको खेलकुद समिति सदस्य अनिल थापाले जानकारी दिए ।

विजयी टिमलाई रेवान पोखराकापूर्वाध्यक्ष बलराम पहारी, कार्यसमिति सदस्य विप्लव पौडेल, फेवा डुङ्गा व्यवसायीसंघका अध्यक्ष बुद्धिबहादुर नेपाली लगायले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...