यौनिक तथा अल्पसंख्यक समुदायको अधिकार सुनिश्चीत गर्न माग


सबिन रेग्मी, पोखरा पुस १७
राज्यको अधिकार बाट बञ्चित भएका यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो अधिकार सुनिश्चीत गर्न माग गरेका छन् ।ब्लु डायमण्ड सोसाइटी कास्कीको आयोजनामा शुक्रबार सरोकारवाला निकायसँगको अन्तरक्रियामा यौनिक तथा अल्पसंख्यक समुदायलाई सरकारी स्तरबाट हुने सहयोग र दायित्व नभएको र अल्पसंख्यक समुदायको अधिकार सुनिश्चीत गर्न माग गरेका हुन् ।

ब्लु डायमण्ड सोसाइटीकी केन्द्रीय अध्यक्ष पिंकी गुरुङले तथ्याङ नहुदा अधिकार बिहिन भएको गुनासो गर्दै राज्य बाट प्रदान गरिने अधिकार बाट बञ्चित भएको बताइन् ।
सडक देखी सदन सम्म पुग्दा समेत अधिकार पाउन नसकेको उनले उल्लेख गरिन ।यौनिक तथा अल्पसंख्यक समुदायको स्तर परिवर्तनका लागि परे पनि राज्यले त्यसतर्फ ध्यान नदिएको उनको आरोप छ ।

त्यस्तै अन्तरक्रियामा ब्लु डायमण्ड सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले अन्तरलिङ्गी जन्मिबाटनै बिभेदको सिकार हुने गरेको बताइन । यौनिकता माथि मानव अधिकारको हनन् भएको उनले जनाइन् ।

अन्तरक्रियामा ढकालले यौनिक तथा अल्पसंख्यक समुदायका लागि पनि समावेशी ऐन, नीति तथा बजेटको व्यवस्था हुनु पर्ने माग उक्त समुदायको रहेका बताइन् ।उनले प्रदेश तथा स्थानीय सरकारले समुदाका ब्यक्तिहरुको लागि सचेतना कार्यक्रम तथा आयआर्जनको कार्यक्रमको ब्यवस्था गर्न माग समेत गरिन् ।गण्डकी प्रदेश स्तरिय अन्तरक्रियामा कार्यक्रममा तथ्ङक कार्यलय कास्कीका प्रमुख जगु बस्याल,समाजिक बिकास मन्त्रालय माहाशाखा प्रमुख जमुना पौडेल लगाएतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...