प्रहरीद्वारा लाहुरे आशिष रानासहित ४ जना सार्वजनिक, ८ दिनको म्याद थप गरी अनुसन्धान हुँदै

पोखरा, १६ पुस

जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषधसहित बुधबार बेलुका ७ वजे पक्राउ परेका र्यापर लाहुरे अर्थात आशिष रानासहित ४ जनालाई आज सार्वजनिक गरेको छ ।

पक्राउ परेका उनीहरुलाई लागू औषधसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट आठ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता तथा सूचना अधिकारी डिएसपी सुन्दर तिवारीले जानकारी दिएका छन् ।

पोखरा महानगरपालिका वडा नं ८ जाल्पारोडस्थित महानगरपालिकाको पछाडीपट्टी अवैध लागू औषध ब्राउन सुगरको खरिद बिक्री, कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

शरीर तलासी लिँदा बिक्की भन्ने नबिन कुमार गुरुङको साथबाट लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम फेला परेको, सो बरामद गरी उनीहरुबाट सोधपुछ एवं अनुसन्धानपछि वडा नं ८ सभागृहस्थित सुस्मिता गुरुङको कोठामा लुकाई सञ्चय गरी राखेको ब्राउन सुगर १२.५० ग्राम फेला पारेको बताईएको छ ।

उनीहरुबाट जम्मा १३.०१ ग्राम ब्राउन सुगर, डिजटल तराजु १ थान, नगद रु.३८ हजार ३५०।–रुपैयाँ, मोवाईल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद गरीएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुमा पोखरा महानगरपालिका वडा नं ९ नयाँबजार बस्ने वर्ष ३२ को लाहुरे भन्ने आशिष राना, पोखरा महानगरपालिका वडा नं २१ घर भई हाल वडा नं १७ छोरेपाटन बस्ने वर्ष ३९ को ध्रुब बहादुर थापा, कास्कीको रुपा गाउँपालिका वडा नं ७ घर भई हाल पोखरा महानगरपालिका वडा न। १ बगर बस्ने वर्ष ३० को बिक्की भन्ने नबिन कुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका वडा नं ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं ८ सभागृह बस्ने वर्ष २२ की सुस्मिता गुरुङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...