नेलम्बोद्धारा विपन्न परिवारलाई आर्थिक सहयोग

पुष १४ पोखरा

पोखरा ४ गैहापाटनस्थित नेलम्बो नेपालले विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ ।आफ्नो चौथो वार्षिककोत्सवको अवसर पारेर नेलम्बोले बुधबार एक कार्यक्रमको आयोजना गरी माछापुच्छे« गाउँपालिका वडा नं ६ का विपन्न परिवारलाई आर्थिक सहयोग गरेको हो

संस्थाले माछापुच्छे«े गाउँपालिका वडा नं ६ धितालमा बस्दै आएका तोलबहादुर थापाका ४ जना बालबालिकालाई लत्ता कपडा तथा स्टेशनरीका सामग्री सहयोग गरेको हो ।

नेलम्बोका अप्ररेशन कोअडिनेटर विदित शाहले माछापुच्छे« गाउँपालिका वडा नं ६ धितालका वडा अध्यक्ष हरिश्चन्द्र ढुंगानाको रोहवरमा ती सामग्री विपन्न परिवारलाई हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै शाहले नेलम्वो नेपाल विपन्नता भएका व्यक्तिहरुको साथमा रहेको बताए ।

कार्यक्रममा वडा नं ६ का अध्यक्ष ढुगानाले नेलम्वो नेपाल माछापुच्छे« गाउँपालिकाको मन मष्तिस्कमा सधै रहेको बताउदै विपन्न परिवारलाई गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा नेलम्वो नेपालका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारी, निर्मला देवकोटा लगायतको उपस्थिति रहेको थियो । संस्थाले हरेक वर्षको पौष १४ लाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...