२३ औं पोखरा ‘सडक महोत्सव’ भोलिदेखि

महोत्सवले पर्यटक आगमन वृद्धि हुनेमा पर्यटन व्यवसायी आशावादी

नारायण क्षेत्री / सबिन रेग्मी,पोखरा १४ पुस

अंग्रेजी नयाँ वर्षको अवसरमा भोलिदेखि पोखरामा २३ औं पोखरा ‘सडक महोत्सव’ आयोजना हुँदैछ । रेष्टुरेण्ट एण्ड वार एसोसिएसन (रेवान) पोखराको आयोजनामा हुने महोत्सव पुस १७ गतेसम्म चल्ने छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी पोखरालाई गन्तव्य स्थलको रुपमा पवद्धन गर्ने उद्देश्यले रेवानले अंग्रेजी नयाँ बर्षको अवसरमा हरेक बर्ष महोत्सवको आयोजना गर्दै आइरहेको छ । महोत्सव लोकसाईडस्थित कोमागाने पार्क देखि हल्लनचोक सम्मको ३ किलोमिटर क्षेत्रमा आयोजना हुनेछ । महोत्सवमा ३० भन्दा बढी हस्तकलाका स्टल रहने छन् ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोेल्दै रेवानका अध्यक्ष लक्ष्मण बरालले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै मौलिक भेषभूषा समेत प्रर्दशन गरिने छ।

महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, विभिन्न झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुंगा दौड जस्ता प्रतियोगिता समावेश गरिएको संयोजक नरेश भट्टराईले जानकारी दिए । महोत्सवले पर्यटकहरुको आगमनमा सघाउ पु¥याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

यसैबीच, स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै महोत्सव अवलोकनका लागि पुग्ने दर्शकहरुका लागि बिहिबार र शुक्रबार कोभिड विरुद्धको जोनसन एण्ड जोनसनको खोप समेत उपलब्ध गराइनेपनि रेवानले जनाएको छ । महोत्सवको गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...