गण्डकी प्रदेशमा संघिय मामिला सहित १२ वटा मन्त्रालय

प्रदेशका कर्मचारीको मासिक २ हजार भक्ता बढाउने

पोखरा १३, पुष गण्डकी प्रदेश सरकारले संघिय मामिला सहित १२ वटा मन्त्रालय स्थापना गरेको छ । मुख्यमन्त्रीको माताहातमा रहेको उक्त मन्त्रालयलाई प्रदेश सरकारले छुट्टै स्थापना गर्ने हालै सम्पन्न भएको गण्डकी प्रदेशको क्याविनेट बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताए ।

हालै सम्पन्न भएको क्याविनेट बैठकका निर्णयहरु मंगलबार पत्रकार माझ सार्वजनिक गर्दै प्रवक्ता खड्काले मुख्यमन्त्रीसंग रहेको मन्त्रालय विस्तारको उक्त अधिकारलाई प्रयोग गरेको बताए । गण्डकी प्रदेश सरकारको यही पुष १२ गते बसेको क्याविनेट बैठकले तीन वटा निर्णय गरेको थियो । गण्डकी प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ को अनुसुचिको हेरफेर गर्ने प्रस्ताव पारित गरेको थियो भने जसले आन्तरिक मामिला मन्त्रालय स्थापना गर्ने निर्णय गरेको उनले जनाए । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित अब प्रदेशमा १२ मन्त्रालय पुगेको प्रवक्ता खड्काले जनाए ।

उक्त बैठकले प्रदेश लोकसेवा आयोगका पदाधिकारीका पारिश्रमिक सेवा र सुविधान सम्बन्धि ऐन २०७६ को अनुसुचिमा हेरफेर गर्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए । संघिय सरकारले श्रवण एक गते देखि लागु हुने गरी मासिक २ हजार रुपैया बृद्धि गर्ने उक्त निणर्य प्रदेशका कर्मचारी, प्रदेश सभाका सदस्यहरुको, मन्त्रीपरिषदका सदस्यहरुलाई समेत बढाउने निर्णय गरेको उनले जनाए । शिक्षा क्षेत्रमा सुधार गर्ने उद्धे्श्यले गण्डकी प्रदेश प्रमुख शैक्षिक शिक्षा सुधार कार्यक्रम लागु गर्ने तयारी गरेको प्रवक्ता खड्काले जनाए । उक्त अभियानको निम्ति खर्च गर्न बनाएको कार्यविधिलाई बैठकले स्विकृत गरेको उनले जनाए । २२ करोड रुपैया रहेको उक्त परियोजना शिक्षा, संस्कृति वित्रान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले कार्यान्वयन गर्ने भएको हो । भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यबस्था मन्त्री समेत रहेका प्रवक्ता खड्काले अघिल्ला बर्षको तुलनामा यस बर्ष आफ्नो मन्त्रालय सहित प्रदेशको बढी खर्च हुने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...