गण्डकी प्रदेश पुरुष क्रिकेट छनोटः कास्की ९८ रनले विजयी


पोखरा १२ पुस
पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पुरुष छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा कास्कीले स्याङ्जामाथि ९८ रनको फराकिलो जित हाँसिल गरेको छ ।
कास्कीले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा स्याङजाको पारी मात्रै ६५ रनमा समेटिएपछि कास्की विजयी भएको हो । पहिला व्याटिङ्ग गरेको कास्कीले पुरा ४० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय ६३ रनको योगफल तयार पारेको थियो ।

कास्कीको व्याटिङ्गमा अनिल गुरुङ्गले ५२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडे । त्यस्तै, कप्तान विपिन खत्रीले १ छक्का र १ चौका प्रहार गर्दै ३३ रन जोडे भने कृष्ण पौडेलले ३० रन बनाएका थिए । स्याङ्जाका बलरहरु टिकाराम गैह्रेले ३ तथा ईश्वर खनालले २ विकेट लिए ।
स्याङ्जाको व्याटिङ्ग लाइनअप चल्न नसकेपछि पारी लडखडाएको थियो ।

२०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुगेको स्याङजाको लागि सन्दिप खत्रीले १२ तथा सुरज गुरुङ्गले १० रन जोडे । अन्य व्याट्सम्यानले दोहोरो आँकडाको योगफल समेत तयार पार्न सकेनन् ।
स्याङजाको व्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा कास्कीका बलरहरु कृष्ण पौडेल, विश्व कार्की, सुवास भण्डारी र विपिन खत्रीले २–२ विकेट लिए ।

खेलमा कास्कीका कृष्ण पौडेल म्यान अफ द म्याच भए । उनलाई नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषि गौतमले ट्रफि प्रदान गरे । छनोट प्रतियोगिताको अन्तिम खेल मंगलबार कास्की र नवलपुरबिच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...