“जुन कोठामा किताब छैन त्यो कोठा मृत सरह हुन्छ” : वात्स्यायन

सूर्योदय क्लवको वाचनालय आजदेखि खुला

पोखरा १० पुस

सूर्योदय क्लवलले पोखरा महानगरपालिका वडा नं ३ नदीपुरमा साढे २३ लाखमा निर्माण सम्पन्न गरेको वाचनालयको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

प्राुख अतिथि वरिष्ठ कलाकार, कार्टुनिष्ट दुर्गा वराल “वात्स्यायन” ले सखारै वाचनालयको समुद्घाटन गर्दै भने, “जुन कोठामा किताब छैन त्यो कोठा मृत सरह हुन्छ त्यस्मा जिवन्तता हुँदैन । उस्तै जुन शहरमा वाचनालय छैन त्यो शहर पनि मृत शहर हो ।”

हुन पनि हो शिक्षाको उज्यालोबिना कोहि पनि सहि गन्तव्यमा पुग्न र जीवनको लक्ष्यलाई पहिल्याउन सक्दैन । क्लवले भविस्यको पुस्तालाई ज्ञानको भण्डार भएको पुस्ता बनाउन पोखरा महानगरपालिका वडा नं ३ मा प्रकृति उद्यान परिसरमा वाचनालय निर्माण गरेर उदाहरणीय कार्य गरेको वरालले बताए ।

हाम्रो पालामा पढ्ने अवसर मिलेन । म उढ्नका लागि, कलाकारिता र कार्टुनको अध्ययनको लागि उ बेलामा पोखरामा खोलिएका पुस्तकालय प्रयाप्त नभएपछि काठमाडौं ब्रिटिश लाईब्रैरी तथा अमेरिक लाईब्रेरीमा गएर अध्इयन गर्न थालेपछि त्योपुस्तकालयको अध्ययनले मलाई दुर्गा वराल वात्स्यायन बनाएको हो । मलाई अहिले तपाँईहरुले निर्माण गर्नुभएको वाचनालयको उद्घाटन गर्न त्यो हैसियत पुस्तकालय वा भनौं वाचनालयबाट प्राप्त ज्ञानले नै भएको स्मरण गरे ।

पोखरा वडा नं ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजुले वडामा निर्माण भएको वाचनालयको लागि, पार्क निर्माण तथा व्यायामशाला निर्माणको लागि सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे । भविष्यमा सूर्योलय क्ल्वले गर्ने कुनैपनि कार्यमा हातमा हात र साथमा साथ दिने प्रतिबद्धता व्यक्त गरे । प्रजुले वडाको विकासको लागि सभ्य, शिष्ट र सिर्जनशिल नागकि बनाउन वाचनालय महत्वपूर्ण रहेको बताउँदै यहाँको कला, संस्कृति, प्रकृति संरक्षण् प्रवर्धन र विकासको लागि हरदम तयार रहेको बताए । सो अवसरमा उनले वाचनालयको लागि आवस्यक पर्ने इन्टरनेट वडाको तर्फबाट जडान गरिदिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा उन्नती बचत तथा ऋण सहकारी संस्थाका महाप्रबन्धक भगवान भट्टराईले वाचनालयको सहयोगस्वरुप प्रिन्टर र प्रोजेक्टर क्लवका अध्यक्ष शेखर पराजुलीलाई योग हस्तान्तरण गरे । स्थानीय पुरुषेत्तम पन्तले क्ल्वलाई रुपैयाँ ५ हजारर सहयोग गरे भने वडा नं ३ का अध्यक्ष प्रजुले कार्यक्रमस्थलमै क्ल्वको सदस्यता दिए ।

कार्यक्रमका क्लबका संस्थापक अध्यक्ष तथा वरिष्ठ कलाकार प्रकाश घिमिरे, वडा नं ३ की वडा सदस्य लक्ष्मी पराजुली, यशोदा गौतमको स्वागत रहेको थियो ।

वाचलनालय निर्माण समितिका संयोजक, समाजसेवी भूपाजंग कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका अध्यक्ष शेखर पराजुलीले मेहनतकासाथ वाचनालय निर्माण गर्न पाएको खुसि व्यक्त गरे । प्रकृति उद्यानको निर्माण होस्, व्यायामशाला वा वाचनालय भवनको निर्माणका लागि अग्रणी भूमिका निर्वाह गरेका स्व.मेजर चन्द्र बहादुर पहरे पुनको सम्झना गर्दै उनले समाजको असल अगुवा गुमाएकोमा निकै दुःखी भएको बताए ।

पराजुलीले वाचनालय निर्माणका लागि विभिन्न व्यक्ति, संस्था र सहयोगदाताबाट २३ लाख ५२ हजार ३६७ रुपैयाँ उठेको बताए । भवन निर्माणमा २२ लाख ८८ लाख २५६ रुपैयाँ खर्च भएको र ६८ हजार १११ रुपैयाँ बचत भएको बताए ।

हामीले वाचनालय र यस्का गतिविधिलाई शिक्षासंग जोड्न चाहेको बताउँदै अध्यक्ष पराजुलीले शनिबारबाटै हालको लागि अपरान्ह ४ देखि ६ वजेसम्म वाचनालय खुल्ला गरिएको बताए । त्यस अवसरमा उनले वाचनालयको लागि पुस्तक संकलन, कम्प्यूटर, कुर्सि टेवललगायतका आवस्यक कामहरु केहि बाँकी रहेकोले सहयोगिहरुको सहयोगको अपेक्षा गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...