समृद्धिका लागि सरकारले आर्थिक, सामाजिक, धार्मिक सबै क्षेत्रमा काम गर्दैछ : मुख्यमन्त्री पोखरेल

आरजू पोखरा, ९ पुस

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वको ध्यान आकृष्ट गराएको प्रसिद्ध मुक्तिनाथ धाम जानका लागि राजधानी पोखरामै रहेको पवित्र नारायणस्थानको विकासको लागि सरकारले उचित पहल गर्ने बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं ३ स्थित नारायणस्थान परिसरमा निर्माण भएको प्रवेशद्वारको शुक्रबार एक कार्यक्रबीच उद्घाटन गर्दै उनले भने हाम्रो लक्ष्य भनेको समृद्ध प्रदेश बनाउने लक्ष्य हो । त्यसैले आर्थिक, समाजिक, धार्मिक सबै क्षेत्रलाई समेटेर प्रदेश सरकारले काम गरिरहेको बताए ।

अहिले नेपाली समाज, राजनीतिक व्यवस्था संघिय लोकतान्त्रि गणतन्त्रले प्रत्येक क्षेत्रमा रचनात्मक प्रतिष्पर्धा खोजेको छ । राज्यले कसैलाई पनि काखा र पाखा गर्दैन । सबै क्षेत्रमा हामीले प्रतिष्पर्धा खोजेका छौं कि त्यहाँबाट उचित फल प्राप्त होस् ।

१०४ वर्षे राणा साशनलाई समाप्त पार्न आम नेपाली मैदानमा नआउँदै शुक्रराज शास्त्रिीले जनता जगाउन सप्ताह लगाउनु भएको थियो । मुख्यमन्त्री पोखरेलले भने, अहिले नेपाली समाज र हाम्रो व्यवस्थाको लक्ष्य पनि चुनौतीहरुलाई पार गर्दै समृद्धिको बाटोमा हिड्नु नै हो यसका सबैको सहयोग चाहिन्छ ।

हामीले विकासका लागि नीजि क्षेत्रसंगको सहकार्यलाई अगाडी बढाएको र विकासको लागि आव्हान गरेका छौं । उनले भने, कोरोनाबाट थिलोथिलो भएको अवस्थामा नीजि क्षेत्रको समन्वयमा गण्डकी प्रदेश देशकै पहिलो प्रदेश बन्यो जस्ले ११ जना राजदूतहरुलाई एकैपटक पोखरामा ल्याउन सफल भयो । यो नीजि क्षेत्रको सहयोगले संभव भएको हो । साथै १२ जना कुटनीतिक नियोगका पदाधिकारीहरुलाई ल्याउनुमा हामी सबैको योगदान रह्यो । त्यसपछि गण्डकी प्रदेश कोरोनाको कहरबाट उम्किदै चलायमान हुने अवस्था आयो ।

नारायणस्थानलाई धार्मिक पर्यटकिय स्थलको विकासको लागि अगाडी बढ्न सरोकारवाला, समिति सबैलाई आग्रह गर्दै भने, कसै कसैले भाँजो हाल्न खोजेको जस्तो पनि देखियो तर यो सामाजिक कार्य, ऐतिहासिक स्थल, धार्मिक पर्यटकियस्थल भएकोले सबैको सहयोग अनिवार्य रहेको बताए । उनले प्रदेश सरकारले नारायणस्थानको विकासको लागि केहि छ भने प्रस्ताव लिएर आउन समितिलाई आग्रह गर्दै सम्बन्धीत मन्त्रालयलाई काम गर्न निर्देशन दिने बताए ।

नारायणस्थान विकास निर्माण समिति पोखरा ३ का अध्यक्ष धर्मराज वरालको अध्यक्षतामा भएको कार्यक्रमका सहभागिलाई वडा नं ३ का सभापति रविन्द्र बहादुर प्रजुले स्वागत गर्दै यसको इेतिहासिक पक्ष, काम गर्दा आईपरेका कठिनाई र विकासमा भाँजो हाल्न देखिएका प्रकृतिको बारेमा प्रष्ट पारेका थिए ।

बृहत नारायणस्थान धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष महेश पराजुलीले नारायणस्थानको ऐतिहासिक पक्ष, गुठी जग्गा व्यक्तिले आफ्नो नाममा बनाएको र त्यसको प्राप्ति लगायतका विषय बोलेका थिए ।

स्मरण होस् नरायणस्थान धार्मिक क्षेत्र प्रवेशद्वार निर्माणका लागि विभिन्न संघ, संस्था, दानीरहरुको सहयोगमा २३ लाख ९८ हजार ११० रुपैयाँ उठेको, २४ लाख ९६ हजार खर्च भएको र ९७ हजार ८९० रुपैयाँ उठाउन बाँकि रहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...