कामना सेवा फुटसलमा २४ टिम


काठमाडौं पुस ८

कामना सेवा फुटसल कपमा २४ टिम सहभागी हुने भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक कामना सेवा विकास बैंकले प्रतियोगितामा २४ टिम सहभागी हुने पक्का गरेको हो ।
बैंक, वित्तिय संस्था तथा इन्स्योरेन्स कम्पनीलाई समावेश गर्दै आयोजित प्रतियोगिता पुस ९ र १० गते सञ्चालन हुनेछ । पहिलो दिन लिग चरण तथा अन्तिम दिन नकआउट चरणका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कामना सेवा, राष्ट्रिय बिमा संस्थान, साग्रिला डेभलोप्मेन्ट, कुमारी, नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा, मुक्तिनाथ, नेपाल इन्भेष्टमेन्ट, एभरेस्ट इन्स्योरेन्स, हिमालयन बैंक, सिटिजन बैंक, बेस्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योती विकास, साइन रेसुङ्गा, मेगा, बैंक अफ काठमाडौं, लुम्बिनी, प्रिमियर इन्स्योरेन्स, माछापुच्छ्रे, महालक्ष्मी र सिद्धार्थ बैक सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले खेलकुदको विकासमा कर्पोरेट क्षेत्रले भुमिका बढाउनुपर्ने बताए । उनले यस प्रकारको कर्पोरेट इभेन्टले अन्य व्यवसायीक घराना समेत खेलकुदमा सहभागी बन्न प्रेरणा मिल्ने उल्लेख गरे ।

कामना सेवा विकास बैंकको आयोजना रहने प्रतियोगिताको सम्पुर्ण व्यवस्थापन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग एन्फा फुटसलको रहनेछ । प्रतियोगिताको विजेता, उप–विजेता र विधागत तर्फका उत्कृष्ट खेलाडीले ट्रफी, मेडल, प्रमाणपत्र सहित गिफ्टह्याम्पर प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...