सप्तरंग साँझ तयारी पूरा


पोखरा पुस ९
देशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ को तयारी पूरा भएको छ । शुक्रबार साँझ पोखराको अमरसिंह मैदानमा हुने कार्यक्रममा आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।

नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको आयोजक ग्रिष्मा ब्रोडकास्टिङले जनाएको छ । मंसिर २४ गतेदेखि देशका सातैवटा प्रदेशमा गर्ने गरी सुरु गरिएको यस कार्यक्रमको अन्त्य पोखरामा प्रस्तुति दिएसँगै सकिने ग्रिष्मा ब्रोडकास्टिङ प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए ।

सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण ढकाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, मिलन नेवार, अनिल सिंह, अस्मिता अधिकारी, सन्दीप क्षेत्रीको प्रस्तुति रहनेछ । मंसिर २४ देखि देश दौडाहामा निस्केको सप्तरंग टोली विभिन्न प्रदेशमा प्रस्तुति सकेसँगै पोखरा आउन लागेको हो । पोखराको प्रस्तुतिसँगै तेस्रो संस्करणको समापन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको स्थानीय आयोजक पोखराकै बार्दली मिडिया छ । कार्यक्रमको प्रर्वद्धकमा गण्डकी प्रदेश, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा टुरिजम बोर्ड रहेको बार्दली मिडियाका मन क्षेत्रीले जानकारी दिएका छन् । ‘कार्यक्रम निशुल्क भएकाले गीति मनोरञ्जन लिन पैसा तिर्नुपदैन,’ उनले भने ।त्यस्तै, सहयोगी संस्थामा बेकन एजुकेसन, भिबोन फर्निचर, मेडिप्लस अस्पताल, पोखरा बस व्यवसायी प्रालि, पृथ्वी बस व्यवसायी प्रालि, कफी घर, कस्मिक कम्प्युटर, परिचय एडभर्टाइजिङ, एसके साउन्ड, होटल तुलिप पोखरा इन, डुंगा रेस्टरेन्ट र नर्थ बिच रेस्टुरेन्ट छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायत विभिन्न मन्त्रालय मन्त्री, पोखरा महानगर कार्यवाहक उपप्रमुख, प्रदेश प्रहरी प्रमुख लगायतको सहभागिता रहने स्थानीय आयोजक बार्दली मिडियाका क्षेत्रीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...