मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि संकलित घटनाको प्रकाशन पहिले इन्सेकले गर्यो समिक्षा

आरजू, पोखरा, ७ पुस

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि यहाँ संकलन गरिएका घटनाहरुको प्रकाशन पूर्व वार्षिक समिक्षा पोखरामा बुधबार सम्पन्न गरेको छ।

इन्सेकले कास्की जिल्लामा सन् २०२१ जनवरी देखी डिसेम्बरसम्म ८१ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना अभिलेख गरेको जनाएको छ ।

इन्सेक गण्डकीका संयोजक शिव खकुरेलका अनुसार मानव वेचविखन तथा जर्वजस्ती यौन कार्यमा लगाइएका ६ जना, बलात्कार एक जना र घरेलु हिंसा ४९ महिला पीडित बनेका छन् ।

परिवारजनबाट हत्या गरिएका ४ वटा घटनामा पतिबाट हत्या गरिएका महिला ३ जना रहेका छन् । एक जना पुरुष छन् । सो अवधीमा ७ जना बालिका बलात्कार, एक बलात्कारपछि हत्या र तीन जना बालक यौन दुव्र्यबहारका घटनाबाट पीडित बनेको अभिलेख इन्सेकले गरेको छ ।

यस्तै बालबालिका विरुद्धको कसुर अन्तरगत दुई घटनामा ६ जना बालबालिका पीडित बनेका छन्।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सबै नागरिकले सम्मानपूर्वक जिवनयापन गर्न पाउने अवस्था सिर्जना गर्नका लागि सबैको सहयोग आवश्यक भएको बताए ।

आचार्यले प्रहरी प्रशासनको तर्फबाट पिडकलाई कानूनी दायरामा ल्याउने, पिडितलाई न्याय दिलाउने र समाजमा शान्तिको वातावरण बनाउने प्रयास भईरहेको बताए ।

इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले वर्ष १९९२ देखि इन्सेकले देशैभर घट्ने घटनाहरु, मानव अधिकार उल्लंघन र घटनाहरुको अभिलेखन कार्य गर्दै आएको बताउँदै हरेक वर्ष प्रकाशन गर्दै आएको वर्ष पुस्तक यो वर्ष फागुन ७ गते सार्वजनिक गरिने बताए ।

उनले यो पटक ३० औं संस्करणको रुपमा वर्ष मानव अधिकार वर्ष पुस्तक सार्वजनिक हुन लागेको बताए । इन्सेकले वर्ष पुस्तक सार्वजनिक हुनु अघि घटनाक्रमहरुको समिक्षा गर्ने, सल्लाह सुझाव लिने र प्राप्त नयाँ कुराहरुलाई समेटेर प्रकाशन गर्ने गरेको उनले बताए ।

सो अवसरमा खकुरेलले कास्कीका कारागारमा क्षमताभन्दा बढी कैं राखिएको, उनीहरुले सहज किसिमको वातावरण नपा्एको, दैनिक ज्याला ६० रुपैयाँ भएपनि अपुग भएको र उनीहरुलाई दिईने ७०० ग्राम सिधा अपुग भई घरबाट ल्याएर खानुपर्ने समस्या रहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराए ।

साथै उनले अघिल्लो वर्ष प्रदेश सरकारले मानव अधिकारको क्षेत्रमा काम गर्नका लागि ७ लाख वजेट छुट्याएकोमा यसपालि घटाएर पाँच लाखमा सिमित गरेपनि त्यसको भरपुर प्रयोगमा ध्यान दिनुपर्ने बताए । समाजिक विकास मन्त्रालयले पनि यस्तो महत्वपूर्ण क्षेत्रमा न्यून वजेट छुट्याउने गरेको उल्लेख गरे ।

कार्यक्रम अधिकृत सवनम शर्माले संचालन गर्नुभएको कार्यक्रममा इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेले सुरुमा कास्कीमा सन् २०२१ जनवरी देखि डिसेम्बरसम्म घटेका घटनाक्रमहरुको बारेमा सहजिकरण गरेका थिए । अध्यक्षता इन्सेक गण्डकी संयोजक शिव खकुरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button
WP Radio
WP Radio
OFFLINE LIVE