नेपाल लाइफ इन्स्योरेन्स देशकै नम्बर १ बिमा कम्पनी भएको दाबी, ’नं. १ अभियान’ सार्वजनिक


पोखरा पुस ६
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमाका क्षेत्रमा नेपाल लाइफ देशकै नम्बर १ जीवन बिमा कम्पनी भएको दाबी गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको जनाएको छ । साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बिमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुष ६ गते देखि ’नेपालकै नं. १’ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले बताए ।

अभियानमार्फत कम्पनीलाई यस उचाइँसम्म पु¥याउन उल्लेख्य सहयोग तथा सहकार्य पु¥याएका सेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...