एघारौं पोखरा महोत्सव पुस २८ देखि माघ ९ सम्म


नारायण क्षेत्री पोखरा ५ पुस

एघारौं पोखरा महोत्सव पुस २८ देखि माघ ९ गते सम्म आयोजना हुने भएको छ । आयोजक युनाइटेड क्लबले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष एवं महोत्सव संयोजक राजु श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

अमरसिंह माविको खेल मैदानमा आयोजना हुने महोत्सव १२ दिन सम्म चल्ने छ । प्रचार प्रसार उपसमिति संयोजक शान्तबहादुर थापाले २ सय ४६ स्टल मध्ये सबै स्टल बुकिङ भइसकेको बताए । २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाई छ ।

क्लबले पचभैया सामुदायिक बन क्षेत्रमा चिडियाघर निर्माणका लागि ५५ लाख ८५ हजार प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन पवद्र्धनको क्षेत्रमा क्लबले कार्य गर्दै आइरहेको छ ।

महोत्सवमा विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी एवं विक्रि, हस्तकला, सूचना प्रविधिका साथै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी गरिने प्रचारप्रसार उपसमिति संयोजक थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...