सिंगापुरे टोल विकास संस्थामा गुरुङ


पोखरा ४ पुस

पोखरा महानगरपालिका–१२ स्थित सिंगापुरे टोल विकास संस्थाको अध्यक्षमा दानबहादुर गुरुङ चयन भएका छन् ।

संस्थाको चौंथो साधारणसभा तथा तेस्रो अधिवेशनले आगामी ३ बर्षका लागि ११ सदस्यीय कार्य समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा धनबहादुर गुरुङ, सचिवमा ओमप्रसाद तिमिल्सिना, सहसचिवमा टिकबहादुर गुरुङ, कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ र सहकोषाध्यक्षमा राजेन्द्रराज बस्ताकोटी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा तारानाथ बास्तोला, विश्वराज पोखरेल, मोहनमाया गुरुङ, सृजना गुरुङ र टलककुमारी घिमिरे चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...